बिहीबार, वैशाख १३, २०८१

आजका अखबार : पशुपतिको जग्गामा अर्बौको हिनामिना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले पशुपतिको जग्गा हिनामिना भएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले साढे ३३ किलो सुनसम्बन्धी मुद्दामा मुख्य न्यायाधीश पनि तानिएको विषयलाई प्राथमिकतामा पारेका छ । कसैले कांग्रेसले संसद अवरुद्ध गरेको विष त केहिले राजधानीमा स्वाइन फ्लुको संक्रमण बढेको विषयलाई मुख्य समाचार बनाएका छन् ।  

आजको अन्नपूर्ण पोस्ट्ले पशुपतिको जग्गामा भएको हिनामिना र मच्चाइएको लुटको पर्दाफास गरेको छ । पशुपतिको जग्गा हिनामिना शीर्षकमा खबर छापेको उसले पशुपतिसँग ४ हजार ६ सय ७३ रोपनी जग्गा भएपनि कमाइ भने वर्षको ५६ लाख ३१ हजार मात्रै रहेको उल्लेख गरेको छ ।

पशुपतिको जग्गा होटलदेखि बालुवा खानीसम्मलाई भाडामा दिइएको छ भने पाँचतारे होटललाई प्रतिरोपनी १ सय ५२ रुपैयाँमा भाडामा लगाइएकाे अन्नपूर्णले खुलासा गरेको छ । जुन जग्गाबाट मासिक अर्बौ रुपैयाँ आम्दानी हुन सक्थ्यो । 

आजको कान्तिपुर दैनिकले मुख्य न्यायाधीश पनि तानिए शीर्षकमा मुख्य समाचार छापेको छ ।

३३ किलो सुनसम्बन्धी मुद्दाको पेसी व्यवस्थापनमा उच्च अदातल विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलको भूमिका शंकास्पद रहेको पाइएपछि कारबाही थालिएको छ । भुर्तेललाई कारबाही स्वरुप काठमाडौं तानेर थप अनुसन्धान सुरु गरिएको समाचारमा उल्लेख छ । 

यस्तै कान्तिपुरले स्वाइन फ्लुको संक्रमण बढेको विषयलाई पनि प्राथमिकतामा पारेको छ । राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा स्वाइन फ्लु प्रमाणित भएको छ । स्वाइन फ्लु प्रकोपकै रुपमा देखिएकाले यसबाट प्रभावित भएर जटिल अवस्थामा पुग्ने र मृत्यु नै हुने घटना बढेको समाचारमा जनाइएको छ । 

आजको नागरिक दैनिकले भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुवै ससद् अवरुद्ध गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाका नाममा तनहुँ र बाँकेमा स्थापना भएका दुई स्वास्थ्य केन्द्लाई संघीय सरकारअन्तर्गत नराखेको भन्दै कांग्रेसले सोमबार दुबै सदन अवरुद्ध गरेको थियो । यस्तै कांग्रेसले डा गोविन्द केसीसँग गरेको सहमति बमोजिक चिकित्सा शिक्षा विद्येक तयार पार्नु पर्ने अडान पनि राखेको थियो । 

यस्तै नागरिकले विदेशी बैंकमा पैसा राख्नेमाथि निगरानी शीर्षकमा विशेष खबर पनि छापेको छ।

व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले केही दिनअघि पत्राचार गरी विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको हो।

विदेशी बैंकमा पैसा राखेको समाचार आएपछि प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण भएको र विभागलाई अनुसन्धानका लागि निर्देशन दिएको महाशाखाका उपसचिव लक्ष्मण खड्काले बताए। उनका अनुसार अनुसन्धानबाट प्राप्त रिपोर्टसमेत प्रधानमन्त्री कार्यालयलाई बुझाउन निर्देशन दिइएको समाचारमा उल्लेख छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।