शनिबार, वैशाख ८, २०८१

‘कर्मचारी कुट्ने सरकार मधेश विरोधी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले कर्मचारी कुट्ने सरकार मधेश विरोधी रहेको आरोप लगाएका छन्। प्रदेश सरकारका अर्थमन्त्री विजय यादवले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको प्रसंग कोट्याउँदै नेता यादवले यस्तो बताएका हुन्।

धनुषाको बनिगामास्थित दिवश दीप दलित प्राथमिक विद्यालयमा आइतबार कम्बल वितरण कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका यादवले कर्मचारी कुट्ने सरकार मधेशी जनतालाई नचाहिने बताए।

‘लोकतन्त्रमा सबैले आफ्नो कुरा राख्न पाउने अधिकार हुन्छ,’ नेता यादवले भने,‘तर प्रदेश २ का अर्थमन्त्रीज्यूले आफ्नो कुरा भनेकै कारण सचिवलाई कुटपिट गर्नु भएको छ । जर्बजस्ती लाद्न खोज्ने सरकार लोकतन्त्रमा किन चाहियो?’

मन्त्रीले सचिवलाई कुटपिट गरेर कानुनी राज्यको धज्जी उडाउने काम गरेको भन्दै नेता यादवले नैतिकताको आधारमा पनि उनले पदबाट राजीनामा दिनुपर्ने बताए।

‘गणतन्त्रमा जनताको शासन हुन्छ, जनतामात्र होइन कर्मचारीलाई पनि कुटपिट गर्ने छुट कसैलाई छैन,’उनले भने,‘कर्मचारी कुट्ने अधिकार मन्त्रीलाई कसले दियो ? विधिको शासनविपरित काम भएको छ । यस्ता कार्य हामीलाई स्वीकार्य हुन सक्दैन्।’

आफ्नै मन्त्रीले एक कर्मचारीलाई कुटपिट गरेपनि मुख्यमन्त्रीले हालसम्म केहि गर्न नसकेर निरिहिता प्रदर्शन गरेको उनको आरोप थियो। कर्मचारीमाथि हातपात गरेर कानुनविपरित कार्य गर्ने मन्त्रीलाई तत्काल कारबाही हुनुपर्ने नेता यादवको भनाइ थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।