बिहीबार, वैशाख १३, २०८१

राजाको छलले गाउँ लिलामीमा, मन्त्रीलाई मन खुशी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट शनिबार प्रकाशित पत्रपत्रिकामा विभिन्‍न विषयलाई प्राथमिकता दिएर समाचारहरु छापेको छ। नेपाल समयको बिहानी अपडेटमा अखबारले छापेका मुख्य समाचारहरु र रातभरी भएगरेका घटना तथा गतिविधिहरुलाई यहाँ प्रस्तुत गर्ने गर्छौं।

राजाको छलले गाउँ लिलामीमा शिर्षकमा आजको कान्तिपुर दैनिकमा समाचार छ। प्रदेश ६ मा प्रमुख मोहन बहादुर मल्ल र उनका परिवारका सदस्य २८ वर्षदेखि नेपाल बैंको ऋण नतिरेर कालो सूचीमा छन्। अयोग्य व्यक्ति प्रदेश प्रमुख हुनै नपाउने एकातिर छ भने अर्कोतिर थाहा नै नदिई खेतबारी लिलामीमा पुर्‍याइदिएका ५२ परिवार गाउँलेको कथा छ। जमिन्दार रिसाए अप्ठ्यारोमा परिएला भनेर गाउँलेले लालपुर्जा बुझाए। नदिनेहरुको जबजर्सी लिइयो। जिमिदारले तिनै लालपुर्जा धितो राखेर बैंकबाट ऋण लिए, चुक्ता गरेनन्। प्रदेश प्रमुख मल्ल र उनका दाइ टेकबहादुरले लिएको ऋणले ५२ किसानको जग्गा लिलामीमा छ। 

त्यसैगरी नेपालीहरुको पनि अवैधानिक रुपमा विदेशमा लगानी रहेको र अर्बौं रुपैयाँ स्वीस बैंकमा भएको विषय छानबिन गर्न प्रधानमन्त्रीले निर्देशन दिएको, सरकारी कोषबाट तलब सुविधा लिनेका छोराछोरी अनिवार्य रुपमा सार्वजनिक विद्यालयमै पढ्‍नुपर्ने व्यवस्था गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई सिफारिस गरेको समाचार पनि आजको कान्तिपुर दैनिकको मुल पृष्ठमा छापिएको छ। 

त्यसैगरी अन्नपूर्ण पोस्टमा मन्त्रीलाई मनखुशी शिर्षकमा समाचार छ। पहिलो सुविधान मन्त्रीले आफ्नो तलब सुविधा आफ्नो मन्त्रालयबाटै तोक्न पाउने भएका छन्। मन्त्रिपरिषद्को पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, मर्मत, गाडीलगायतका सुविधाको तजबिज आफैं गर्न दिने भएको हो। यसअघि यस्तो सुविधान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गर्न पाउने व्यवस्था थियो। 

त्यसैगरी आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा नै जसले छाउ बार्दैनन्, डा गोविन्द केसीको अनशनवविरुद्ध इलामका विजय थापाको अनशन लगायतका समाचार छापेको छ। 

आजको नयाँ पत्रिका दैनिकले ११ महिनामा सरकारका २९ काम शिर्षकमा समाचार छापेको छ। ०३ फागुन ०७४ मा गठन भएको केपी ंओली नेतृत्वको सरकारले ११ महिनामा प्रशंसाभन्दा धेरै आलोचनाको सामना गरेको छ। धेरै विषयमा आलोचित सरकारले दीर्घकालिन महत्वका केही काम पनि गरेको छ। पुराना बेथिति भत्काउँदै केही नविन कामको सुरुवात पनि गरेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याउनेदेखि साना किसानका ऋण मिनाहसम्मका काम सरकारले गरेको छ। करिब एक वर्षको अवधिमा सरकारले के-के उलब्धी गर्‍यो भन्ने विषयमा नेयाँ पत्रिका दैनिकले रिपोर्ट तयार पारेको छ। 

१२ वर्षमा पनि निस्केन निकास शिर्षकमा आजको नागरिक दैनिकमा खबर छ। अधिकार र पहिचानका मुद्दा उठाउँदै मधेसले तिन चरणको आन्दोलनको सामना गरिसकेको छ। यस समयमा मधेसले ठूलो संख्सयामा मानवीय तथा भौतसक क्षति व्यहोर्नुपर्‍यो। धेरै उपलब्धि पनि हासिल भए। मधेस विद्रोहको पहिलो दिन २०६३ माघ ५ गते रमेश महतो मारिए। त्यसयता मधेसमा डेढ सय जनाले ज्यान गुमाए। बलिदानीपूर्ण संघर्षपूर्ण यात्राबाट संघीयता व्यवहारिक रुपमै संस्थागत भएर मधेसी जनताको आँगनमा मधेस सरकार बनेको छ। प्रदेश २ मा मधेस केन्द्रित संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकार छ। तर नेताहरुले ६ दशकदेखि मधेस मुद्दा उठाउँदै आए। तर मुद्दा ज्यूँका त्यूँ छ। किन यति लामो समयदेखि एउटै मुद्दामा अल्झेको छ मेधस राजनीति। 

त्यसैगरी डा केसीको अवस्था गम्भीर, जिम्मेवारीबाट पन्छिए प्रधानमन्त्री डोल्पाको सिंगो गाउँ चार जनाको नाममा शिर्षकका समाचार पनि नागरिक दैनिकको पहिलो पृष्ठमा छापिएका छन्। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।