बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले स्वीट्जरल्याण्ड भ्रमणमा उठाउलान् त कालो धनको कुरा ?

प्रधानमन्त्रीले स्वीट्जरल्याण्ड भ्रमणमा उठाउलान् त कालो धनको कुरा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आइतबारबाट ६ दिने स्वीट्जरल्याण्ड भ्रमण गर्ने भएको छ। स्वीट्जरल्याण्डको डाबसमा हुन लागेको उक्त ‘वर्ल्ड इकोनोमी फोरम’मा सहभागि हुन उनी त्यसतर्फ जाने भएका छन्।

शुक्रबार संघीय संसदमा प्रधानमन्त्री केपी ओली र सांसदहरुको प्रश्न उक्तरको शुरुवातमै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रश्न गरे, ‘तपाँई स्वीट्जरल्याण्ड जादैहुनुहुन्छ। नेपालीको ५२ अर्ब रुपैयाँ स्विस बैंकमा गैरकानूनि रकम राखिएको खुलासा भएको छ। जो संकास्पद छ। त्यसको बारेमा के तयारी भएकोछ।’ प्रतिउक्तरमा प्रधानमन्त्री ओलीले त्यसको छानविन गर्ने बताए। 

‘छानविन गर्ने र सत्यतथ्य के रहेछ पक्ता लगाइनेछ,’ उनले भने ‘त्यसरी गैरकानूनी धन राख्न देशको कानूनले दिदैन। यो भ्रष्टचारको कुरा हो। यसलाई गम्भिरताको रुपमा लिएका छौं। कतिले खण्डन गरेका छन्। कतिले छैनन्। सबैलाई कानूनि दायरमा ल्याएर छानविन गरिनेछ।’ उनले स्वीट्जरल्याण्डमा भने यो विषयलाई उठाउने नउठाउने प्रष्ट पारेनन्।

स्वीट्जरल्याण्डमा विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा नेपालको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन्।

उनले प्रधानमन्त्रीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा जानकारी दिएका हुन्। साथै मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने समेत उनको दावी छ। 

थप जानकारी दिदै उनले नेपालमा लगानी तथा व्यापार गर्नको लागि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समूदायलाई आकर्षित गर्ने बताए। ‘प्रधानमन्त्रीले नेपालमा लगानी सम्मेलनमा आफ्नो धारणा राख्नेछन्,’ उनले भने ‘नेपालमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न यो फोरम उपयुक्त हुनेछ।’

प्रधानमन्त्रीले भ्रमणका बेलामा विभिन्न सभा तथा देशका सरकारप्रमुख, राष्ट्रप्रमुख र व्यवसायीहरुसँग भेटघाट हुने कार्यक्रम समेत रहेकाले विश्वको आर्थिक विकासका बारेमा धेरै ज्ञान समेत हुने उनको भनाइ छ। 

उनका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा तीन वटा महत्वपूर्ण प्यानलमा प्रमुख वक्ताको रुपमा बोल्ने कार्यक्रम तय भएको छ। ‘हाम्रो प्रधानमन्त्रीले स्टा«टेजी आउटलुक अन साउथ एशियामा पनि बोल्नुहुन्छ,’ उनले भने ‘अर्को सेपिङ द फ्युचर अफ डेमोक्रेसी भन्ने प्यानलमा पनि भाग लिनुहुनेछ। उहाँले जि–२० का केही हेड अफ द स्टेट र प्रभावशाली नेताहरु सम्मिलित हुने प्यानलमा पनि वक्ताको रुपमा सहभागी जनाउनुहुनेछ।’

यसका अलावा प्रधानमन्त्रीले भियतनामका प्रधानमन्त्री र इजरायलका प्रधानमन्त्रीसँग पनि साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको भट्टराईले जनकारी दिए। ‘उहाँहरुबाट भेटवार्ताको लागि अनुरोध आएको छ,’ उनले भने, ‘सम्मेलनमा विदेशी मुलुकको ज्ञान, प्रविधि र पूँजी भित्र्याउनका लागि नेपालले अवसरको रुपमा सदुपयोग गर्नुपर्छ।’ 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले प्रधानमन्त्री ओली उक्त सम्मेलनमा भाग लिन जानु खुशीको कुरा भएको स्पष्ट पारेका छन्।
उनले भने,‘उहाँको पार्टीले जे जस्तो नीति लिएपनि, उहाँ घोर पुँजीवादीहरु आउने फोरममा सहभागी हुन जाँदै हुनुहुन्छ, यो राम्रो कुरा हो।’

उनले भन,‘विश्वका दुई-चारवटा ठूला कम्पनीलाई मात्र नेपालमा भित्र्याउन सके मात्र पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता दिनेछ। एप्पल र सामसुङ जस्तो बहुअन्तर्राष्ट्रिय कम्पनी नेपाल ल्याउन सके अरु लगानीकर्ता आँफै आउँछन्।’

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओली सम्मेलनमा भाग लिन जानु नेपालको लागि अवसरको विषय भएको बताए। उनले डाबस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने सुझाव दिए। 

शर्माले भने, ‘यो नेपाललाई चिनाउने अर्को ठूलो अवसर हो। प्रधानमन्त्री यो फोरममा गएर बोल्दा नेपालमा धेरै लगानीकर्ता आकर्षण गर्न सक्नुपर्छ।’
स्वीट्जरल्याण्डका लागि पूर्व नेपाली राजदूत डा. शम्भुराम सिम्खडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भए पनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनु पर्ने धारणा राखे। 

विश्वका अरु मुलुकबाट पाठ सिकेर नेपालले विकासलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। उनले भने,‘नेपालको प्रधानमन्त्री पहिलो पटक सम्मेलनमा सहभागी हुन जाँदै हुनुहुन्छ। यो खुशीको कुरा हो।’

सिम्खडाले प्रधानमन्त्रीको भनाइ र गराइमा फरक देखिन नहुने धारणा राखे। उनले भने, ‘भनाइ र गराईमा एकरुपता हुनुपर्छ।’त्यस्तै उनले नेपालले कुटनीतिक क्षेत्रमा आफ्नो परिपक्वता देखाउनु पर्ने पनि धारणा राखे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।