शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर : प्रश्‍न टिपाउने समय १० बजेसम्म मात्र

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर : प्रश्‍न टिपाउने समय १० बजेसम्म मात्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – प्रतिनिधिसभामा प्रधानमन्त्री–सांसद प्रश्नोत्तर शुक्रबार सुरु हुने भएको छ। प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो र तेस्रो साता सांसदले प्रश्न गर्ने र प्रधानमन्त्रीले तत्काल जवाफ दिनुपर्ने व्यवस्था नियमावलीमा छ। तर प्रश्नोत्तर सुरु हुन सकेको थिएन।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नोत्तर राख्ने निर्णय गरेको हो। संसद्लाई प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन भन्दै प्रधानमन्त्री र मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको व्यवस्था नियमावलीमा राखिएको थियो।

 नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो सातामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्नेछ’, उल्लेख छ।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीसँग सोध्ने प्रश्न शुक्रबार बिहान १० बजेभित्र सचिवालयमा बुझाइसक्न प्रमुख सचेतकमार्फत सांसदहरूलाई निर्देशन दिएका छन्।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीसँग सोध्ने प्रश्न शुक्रबार बिहान १० बजेभित्र सचिवालयमा बुझाइसक्न प्रमुख सचेतकमार्फत सांसदहरूलाई निर्देशन दिएका छन्। सभामुख महराले पहिलो दिन १० सांसदलाई प्रधानमन्त्रीसँग प्रश्न गर्ने अवसर दिइने जानकारी गराएका छन्। 

महराको सचिवालयका अनुसार नेकपाका ४, कांग्रेसका ३, फोरम र राजपाका १-१ तथा स्वतन्त्रमध्ये १ जना सांसदलाई पहिलो दिन प्रश्न गर्ने मौका दिइनेछ। सत्तारुढ नेकपाका प्रभु साहले प्रधानमन्त्रीसँग सोध्ने प्रश्न सचिवालयमा दर्ता गराइसकेका छन्।

अन्य सांसदलाई शुक्रबार बिहान प्रश्न दर्ता गर्न आग्रह गरिएको छ। प्रश्न गर्ने सांसदले एक घण्टा अगावै आफ्नो प्रश्नको विषय सभामुखलाई जानकारी गराउनुपर्ने नियमावलीको नियम ५८ मा व्यवस्था छ। प्रधानमन्त्रीले दिएको जवाफमाथि बैठकमा छलफल नहुने बन्देजकारी व्यवस्था नियमावलीमा छ। सांसद–मन्त्री प्रश्नोत्तर पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।

प्रधानमन्त्री ओलीले पुस २२ गते सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रश्न गर्न नपाएको भन्दै प्रमुख पतिपक्षी कांग्रेसले संसद्मा अवरोध र विरोध जनाएको थियो। त्यसपछि सभामुख महराले सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेपछि प्रतिपक्षी पनि सहमतिमा आएको थियो। 

आफ्नो निर्देशन पालना गराउन पनि सभामुख महराले शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर राखेको स्रोतले बतायो। प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले आसन्न स्विट्जरल्यान्ड भ्रमणबारे पनि संसद्लाई जानकारी गराउने संसद् सचिवालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।