शनिबार, वैशाख ८, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
 काठमाडौं- आज माघ ३ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

मन्त्रीले सचिव विद्यानाथ कुट्नुको रहस्य सार्वजनिक (अडियोसहित)

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटनाको चौतर्फी निन्दा भएको छ। घटनाको विरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्। सचिव झालाई कुटपिट गर्ने मन्त्री यादवमाथि कारबाही माग राखेर उनीहरुले बिहीबार पनि दुई घन्टा ‘पेन डाउन’ गरेर प्रदर्शन गरेका छन्।

सरकारले के-के निर्णय गर्‍यो ? (सूचीसहित)

पुस २९ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा विभिन्न निर्णय गरेको छ। सूचना तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले सिंहदरबारमा बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै आइतबार गरिएका विभिन्न १३ वटा निर्णय सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्रीले शिलान्यास गरेको चोभारको सुख्खा बन्दरगाह कहिलेसम्म बन्छ ?

चोभारमा बिहीबार आधुनिक सुख्खा बन्दरगाहको शिलान्यास गरिएको छ। उक्त बन्दरगाहको शिलान्यास प्रधानमन्त्री केपीशर्मा ओलीले गरेका हुन्। हिमाल सिमेन्टको अलपत्र परेको जग्गालाई उपयोग गर्दै बन्दरगाह निर्माण गर्न लागिएको हो।

चिनीको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्दै सरकार

चार महिनाअघि परिमाणात्मक बन्देज लगाउने क्रममा सरकारसँग गरेको प्रतिबद्धताविपरीत उद्योगी व्यवसायीले एक किलो चिनीमा ११ रुपैयाँ ६२ पैसा मूल्य बढाउने तयारी गरिरहेका छन्। अहिले चिनीको थोक मूल्य मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ६९ रुपैयाँ १२ पैसा कायम छ। 

‘ट्याक्स हेवन’ को नेपाल नाता : कालोसूचीको जोखिम

भारत र चीन पछि सबैभन्दा बढी विदेशी लगानी नेपाल ल्याउने देश ब्रिटिश भर्जिन आइल्यान्डस् हो। पछिल्लो दुई दशकमा नेपाल भित्रिएको १ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँ कुल वैदेशिक लगानी (एफडीआई) मध्ये ४५ प्रतिशत रकम यही मुलुकबाट आएको हो। यो प्रशान्त महासागर बीचमा रहेका टापु मिलेर बनेको देश हो।

नेपालिक्स‍को खुलासा : ५५ नेपालीको विदेशमा शंकास्पद लगानी

'विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने' कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ। यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन्। ५४ वर्षअघि बनेको 'नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन' २०२१ अनुसार, नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन्।

'डा केसीका माग सम्बोधनलाई 'इगो' नबनाऊ'

नेपाली कांग्रेसका सांसद गगन थापाले चिकित्सा शिक्षा सुधारका लागि डा गोविन्द केसीले उठाएका मागलाई 'इगो' को रुपमा नलिन आग्रह गरेका छन्। सांसद थापाले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, 'डा केसी लामो समयदेखि चिकित्सा शिक्षा सुधारका लागि स्थायी प्रतिपक्षी भएर उभिनु भएको छ।'

सचिव कुटपिट प्रकरणः छानबिन समितिप्रति कांग्रेस र शिक्षक संघको आपत्ति

नेपाली कांग्रेस धनुषाले सचिव कुटने प्रदेश २ का मन्त्रीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ। मन्त्रीजस्तो जिम्मेवार पदमा बसकेका व्यक्तिलाई पदीय मर्यादाविपरित व्यवहार प्रदर्शन गरेको भन्दै कांग्रेसले तत्काल बर्खास्त गर्न माग गरेको जिल्ला सभापति महेश शंकर गिरीले बताए।

वैशाखदेखि जापान जाँदै नेपाली कामदार

आगामी वैशाखदेखि नेपाली कामदारलाई जापान लैजान द्रुत गतिमा गृहकार्य अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीका लागि नेपालबाट श्रमिकहरु जापान लैजाने सम्बन्धमा बुधबार नेपाली र जापानी प्रतिनिधिमण्डलबीच औपचारिक छलफल भएको थियो। 

प्रधानमन्त्रीले शिलान्यास गरेको चोभारको सुख्खा बन्दरगाह कहिलेसम्म बन्छ ?

चोभारमा बिहीबार आधुनिक सुख्खा बन्दरगाहको शिलान्यास गरिएको छ। उक्त बन्दरगाहको शिलान्यास प्रधानमन्त्री केपीशर्मा ओलीले गरेका हुन्। हिमाल सिमेन्टको अलपत्र परेको जग्गालाई उपयोग गर्दै बन्दरगाह निर्माण गर्न लागिएको हो। प्रधानमन्त्री ओलीबाट शिलन्यास भएसँगै निर्माण कार्य शुरु भएको छ। 

नायिका ऋचा शर्मालाई हर्ट एट्याक्, नर्भिकमा उपचार हुँदै

नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिको छ। शर्मालाई आइसियूमा भर्ना गरिएको स्रोतले जनाएको छ। बुधबाबर एक्कासि छाती दुखेपछि नायिका शर्मा अस्पताल पुगेकी थिइन्। शर्मालाई एन्जियोप्लास्ट गरि सकिएको छ। उनको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ।

बाल ठाकरेमाथि सोनुको हत्या गर्न खोजेको आरोप

कांग्रेसका पूर्वसांसद एवम् पूर्वमुख्यमन्त्री नारायण राणेका छोरा नीलेश राणेले शिवसेनाका संस्थापक बालासाहेब ठाकरेले बलिउड गायक सोनु निगमको हत्या गर्न खोजेको आरोप लगाएका छन्। यो समाचार बाहिरिएसँगै पत्रकारले गायक सोनु निगमसँग यसबारे बुझ्न खोज्दा कुनै स्पष्ट कुरा नबताएर अनौठो शैलीको प्रतिक्रिया दिए।

दिलिप नाथको शतकीय पारीसँगै पुलिस एमएम कप क्रिकेटको फाइनलमा

नेपाली राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यान समेत रहेका दिलिप नाथको सानदार शतकिय पारीको मद्दतले पुलिस क्लब मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको सेमिफाइनल खेलमा प्रदेश ७ लाई २ सय रनको फराकिलो अन्तरले पराजित गर्दै पुसिस फाइनलमा पुगेको हो। 

संकटालाई पराजित गर्दै पुलिस खप्तड गोल्डकपको फाइनलमा 

सिएमजि संकटालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विभागिय टोलि नेपाल पुलिस क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पेनाल्टी सुटआउटमा पुलिसले संकाटालाई ५-४ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

आठौँ राष्ट्रिय खेलकूद आयोजना गर्न युद्धस्तरमा नेपालगञ्‍ज

पूर्वको विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापनमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा गर्न सक्ने आँट र साहसका साथ मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीलगायत नेपालगञ्जका सबै पक्षले झण्डा ग्रहण गरेका थिए।

ग्रीक प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल

मेसेडोनियाको नाम परिवर्तनको विषयलाई लिएर ग्रिसका प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ। आधिकारिक विवरणमा संसदमा कूल उपस्थित २९९ जना सांसदमध्ये प्रधानमन्त्री अलेक्सिस सिप्रासको पक्षमा १५१ जनाले मतदान गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।