बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सचिव कुटपिट प्रकरणः छानबिन समितिप्रति कांग्रेस र शिक्षक संघको आपत्ति

सचिव कुटपिट प्रकरणः छानबिन समितिप्रति कांग्रेस र शिक्षक संघको आपत्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- नेपाली कांग्रेस धनुषाले सचिव कुटने प्रदेश २ का मन्त्रीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ। मन्त्रीजस्तो जिम्मेवार पदमा बसकेका व्यक्तिलाई पदीय मर्यादाविपरित व्यवहार प्रदर्शन गरेको भन्दै कांग्रेसले तत्काल बर्खास्त गर्न माग गरेको जिल्ला सभापति महेश शंकर गिरीले बताए।

सिफारिस गरेके एनजीओ छनौटमा नपरेपछि प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ।

धनुषा कांग्रेसको विस्तारित बैठकले घटनाको भत्र्सना गर्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन गठन भएको सरकारका मन्त्री एवं प्रशासन परिचालन गराउने जिम्मेवार पदका उच्च पदस्थ कर्मचारीबीच कानुनको खिल्ली उडाउने क्रियाकलाप भएको भन्दै दोषी उपर कारबाहीको माग गरेको छ।

घटनाको छानबिन गर्न प्रदेश सरकारले गठन गरेको छानबिन समितिप्रति नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ। घटनाको निष्पक्ष छानबिनका लागि प्रदेशसभा सदस्यहरुको सर्वदलीय छानबिन समिति बनाउन उसले प्रदेश सरकारसँग माग गरेको छ।

छानबिन समितिप्रति शिक्षक संघको आपत्ति

नेपाल शिक्षक संघ प्रदेश २ ले सचिव झा उपर भएको कुटपिटसम्बन्धी घटना छानबिन गर्न सरकारले गठन गरेको समितिप्रति आपत्ति जनाएको छ।

सरकारकै मन्त्रीले घटाएको घटना छानबिन गर्न सरकारकै अर्का मन्त्रीको अध्यक्षतामा गठन गरिएको समितिले निष्पक्ष परिणाम दिन नसक्ने भन्दै शिक्षक संघले समितिप्रति जनाएको हो।

शिक्षक संघ प्रदेश २ ले विहिबार जनकपुरमा पत्रकार सम्मेलन गरेर घटना छानबिन र्ग स्वतन्त्र उच्च संसदीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ ।
‘सरकारकै मन्त्रीबाट घटना भएको छ । छानबिन गर्न अर्को मन्त्रीको संयोजकत्वमा सरकारले समिति बनाएको छ,’ पत्रकार सम्मेलनमा नेपाल शिक्षक संघका प्रदेश २ अध्यक्ष मेघनाथ यादवले भने,‘यो समितिले सत्यतथ्य कुनै हालतमा बाहिर ल्याउन सक्दैन्।’

मन्त्रीले सचिवमाथि गरेको दुव्र्यहारसम्बन्धी घटना छानबिन गर्न मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

मन्त्रीजस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले कर्मचारीमाथि हातपात गरेको घटनाले प्रदेश सरकारको इज्जत नै समाप्त पारेको शिक्षक संघका अध्यक्ष यादवले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।