बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीले सचिव विद्यानाथ कुट्नुको रहस्य सार्वजनिक (अडियोसहित)

मन्त्रीले सचिव विद्यानाथ कुट्नुको रहस्य सार्वजनिक (अडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटनाको चौतर्फी निन्दा भएको छ ।

घटनाको विरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । सचिव झालाई कुटपिट गर्ने मन्त्री यादवमाथि कारबाही माग राखेर उनीहरुले बिहीबार पनि दुई घन्टा ‘पेन डाउन’ गरेर प्रदर्शन गरेका छन् ।

आफूले सिफारिस गरेको एनजिओ छनोट नभएको निहुँमा मन्त्री यादवले कार्यकक्षमै बोलाएर कुटपिट गरेको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव झाले दाबी गरेका छन् । सभामुख सरोज यादवकै सामुत्रे मन्त्री यादवले आफूलाई कुटपिट गरेको झाले बताउँदै आएका छन् ।

गरिबी निवारण कार्यक्रमअन्तर्गत क्षमता अभिवृद्धिका लागि एक सय ९३ गैरसरकारी संस्थाले आशयपत्र बुझाएका थिए । जसमध्ये ४० वटा गैरसरकरी संस्था छनोटमा परे । तर मन्त्री यादवले सिफारिस गरेको एनजिओ छनोटमा परेन । अङ्कका आधारमा एनजिओहरु छनोटमा परेको सचिव झाको दाबी छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक अडियो रेकर्ड सार्वजनिक गर्दै सचिव झाले सिफारिस गरेको एनजिओको नामसमेत उल्लेख गरेका छन् । सिरहाको गोलबजार नगरपालिकास्थित ‘सहकार्य नेपाल’ नाम गरेको एनजिओलाई छनोटमा पार्न मन्त्री यादवले दबाब दिँदै आएको सचिव झाले बताएका छन् ।

अडियो
कार्यक्रमका लागि छनोट गरे उक्त संस्थामा आबद्ध एक व्यक्तिले फोन नै गरेर आर्थिक प्रलोभन दिन खोजेको अडियो सचिव झाले सार्वजनिक गरेका छन् । ‘एनजिओको नाम म घटना भएकै दिन सार्वजनिक गर्न खोजेको थिएँ, तर मेरो डायरी र फाइल मन्त्रीज्यूले खोस्नुभएको थियो,’ सचिव झाले भने, ‘मेरो बारेमा खोजबिन गर्न चाहनेहरुको आँखा खुलोस् भनेर प्रमाण सुरक्षित राखेको छु ।’

मैथिली भाषामा गरिएको कुराकानीमा संस्था आबद्ध व्यक्तिले सचिवलाई भनेका छन्, ‘मन्त्रीको मान्छे हो भनेर पिसी दिँदैन भनेर नसोच्नुहोला । पिसिबला भाग पाइन्छ ।’ जबाफमा सचिव झाले भनेका छन्, ‘मलाई एक सुको चाहिँदैन, यस्ता कुरामा मेरो थोरै पनि रुचि छैन, यस्ता कुरा मेरो अगाडि नगर्नुहोला । कुनै कर्मचारीले पनि यस्ता कुरा गरे इन्कार गर्नुहोला ।’

सचिव झाले अगाडि भनेका छन्, ‘मैले नक्कली कुरा गरेको छैन । भित्री मनबाट भन्दै छु, मलाई एक सुको चाहिएको छैन् । मैले पढ्दा पनि  छात्रवृत्ति पाएर पढेको हँु । म यस्तो कुरामा पर्न चाहन्नँ । तपाईंको संस्थाले ठूलै सिफारिस पाएकोले मेरो सद्भाव रहनेछ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।