शनिबार, वैशाख ८, २०८१

'डा केसीका माग सम्बोधनलाई 'इगो' नबनाऊ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले चिकित्सा शिक्षा सुधारका लागि डा गोविन्द केसीले उठाएका मागलाई 'इगो' को रुपमा नलिन आग्रह गरेका छन्। 

सांसद थापाले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, 'डा केसी लामो समयदेखि चिकित्सा शिक्षा सुधारका लागि स्थायी प्रतिपक्षी भएर उभिनु भएको छ। उहाँको माग सम्बोधन गर्ने विषयलाई प्रतिष्ठाको लडाईं नठानेर सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दछु।'

संसद्‍मा टेबल भइसकेको विधेयक कसरी पास गर्ने भन्ने कुरा प्रधानमन्त्रीको हातमा भएकोले सचेतता अपनाउन थापाले आग्रह गरे। उनले भने, 'चिकित्सा क्षेत्रमा सुधार गर्ने अवसर दुईतिहाइको सरकारले पाएको छ। स्वास्थ्य सेवामा सुधार गरी एक कदम अघि बढ्न सरकारलाई आग्रह गर्दछु।'

यसअघि सात पटक कांग्रेसको सरकार भएको समयममा र ९ पटक अन्य दलको नेतृत्वमा सरकार भएको समयमा डा केसी अनशन बसेका छन्। उनलाई सरकारले प्रतिपक्षले उचालेको भन्नु गलत भएको नेता थापाले दाबी गरे।  

डा केसीका माग सम्बोधनमा माफियाहरु तथा परामर्शदाता पनि बाधक बनेको थापाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्