शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राजधानीभित्र पाँच स्थानमा आधुनिक गाडी चार्जिङ मेसिन राखिने

राजधानीभित्र पाँच स्थानमा आधुनिक गाडी चार्जिङ मेसिन राखिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राधानीभित्र पाँच स्थानमा विद्युतिय गाडीको आधुनिक चार्जिङ स्टेसन राखिने भएको छ।

सुन्दर यातायातले दिएको जानकारी अनुसार वातावरण विभागका महानिर्देशक झलक राम अधिकारीले राजधानीभित्र विभिन्न  स्थान पहिचान गरी पाँच ठाँउमा आधुनिक विद्युतिय चार्जिङ स्टेशन निर्माण गर्ने बताए।

उनले जार्जिङ स्टेसन सम्बन्धी अधारभूत अवधारणा पत्र व्यवसायी र सरोकारवाला पक्षको समन्वयमा चाडै तयार पर्ने समेत जानकारी दिए।

विद्युत सवारी साधनको चार्जिङ स्टेसन सरकारी स्तरबाट राख्ने सम्बन्धमा बुधबार वातावरण विभागले पुल्चोकमा कार्यक्रम गरेको थियो। सो कार्यक्रममा चार्जिङ स्टेसनको बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा विभागका महानिर्देशक अधिकारीको उपस्थितिमा सवारी साधनका सञ्चालक तथा बिक्रेताकातर्फबाट सुन्दर यातायात, साझा यातायात, किया मोटर्स, सुन्दर यातायात ट्रेडर्स लगायत सहभागी भएका थिए।

कार्यक्रममा विद्युतिय सवारी साधनको लागि आवश्यक पर्ने चार्जिङ स्टेसन साझा यातायातको ‘कम्पाउन्ड’मा राख्ने समेत सहमति भएको जनाइएको छ। कार्यक्रममा सबै प्रकारका गाडीलाई मिल्ने मेसिन सुन्दर यातायात प्रालिले प्रदर्शन गरेको थियो।

प्रदर्शित मेसिन आधुनिक तथा ठूला साना सबै प्रकारका गाडीहरुलाई उपयुक्त हुने साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधारले बताएका छन्। उनका अनुसार मेसिन आधुनिक, छिटो-छरितो र स्थानिय भोल्टेज मिल्दो विद्युतिय गाडीको लागि उपयुक्त रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्