काठमाडौं– जारी टोक्यो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलको क्वार्टरफाइनल समिकरण पुरा भएको छ। पहिलो चरणका खेल मंगलबार राति सम्पन्न भएसँगै क्वार्टरफाइनल समिकरण पुरा भएको हो।
अब क्वार्टरफाइनलका सम्पूर्ण खेल ३० जुलाईमा हुनेछ। पहिलो क्वार्टरफाइनल खेलमा क्यानाडाले ब्राजिलको सामना गर्नेछ। त्यस्तै, सोही दिन हुने अर्को खेलमा ब्रिटेनले अष्ट्रेलियाको सामना गर्नेछ।
त्यस्तै, तेस्रो खेलमा स्विडेनले आयोजक टिम जापानको सामना गर्नेछ भने क्वार्टरफाइनलको अन्तिम खेलमा नेदरल्यान्डस्ले अमेरिकाको सामना गर्नेछ।
अब दुवै सेमिफाइनल खेल अगस्ट दुई तारिखमा हुनेछ भने फाइनल खेल अगस्ट ५ तारिखमा हुनेछ।