बुधबार, वैशाख १२, २०८१

म्याग्दीमा चन्दा जुटाएर सङ्ग्रहालय निर्माण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थानीयवासीले चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु गरेका छन् । 

करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालय निर्माण शुरु गरेको हो । 

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयमा गरिएको प्रस्तावको सुनुवाइ भएपछि समुदायबाट चन्दा र श्रमदान जुटाएर सङ्ग्रहालयको पूर्वार्धार निर्माण शुरु गरिएको निर्माण समितिका सचिव रवी गर्बुजा पुनले जानकारी दिए । 

करबाकेली संरक्षण तथा व्यवस्थापन समितिका संरक्षक चामबहादुर पुनका अनुसार सङ्ग्रहालयको भवन निर्माण र सामग्री खरीदमा रु ६० लाख लागत अनुमान गरिएको छ । पुनःसमुदायको कूल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीलाई नेपालका सबै समुदायको साथै विदेशीको समेत गन्तव्य बनाउने उद्देश्यले समुदायले करोडौँका पूर्वाधार तयार गरेका छन् । 

रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण गरिएको करबाकेलीका संरक्षक पुनले बताए । 

यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमशृङ्खलाको साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ । 

करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा गत वैशाखदेखि ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले जङ्गल सफारी, पुनः समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको विशेषता भएको बताए ।  

पदमार्गमा समेटिएका काफलडाँडा, रिमा, राम्चे, लोप्रे र कुवापानीमा होमस्टे सञ्चालनका लागि गत असोजमा ३५ लाई एक हप्ताको घरवास तालीम दिइएको थियो । सदरमुकाम बेनीदेखि राहुपारे–महभिर, बैसरी, पर्वतको बाँसखर्क, लेकफाँट र म्याग्दीको हिस्तान भएर करबाकेली पुग्न सकिन्छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।