एजेन्सी- शनिबार राति भएको लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । एमियन्सको घरेलु मैदानमा पीएसजीले ३-० को सहज जित निकालेको हो ।
पीएसजीको जितका लागि एडिसन काभानी, केलियन एमबाप्पे र माक्युनोसले एक एक गोल गरे । नेयमार अनुपस्थित रहेको खेलमा ईडिन्सन काभानी र केलियन एम्बाप्पेले उत्कृष्ट प्रर्दशन गरे ।
पहिलो हाफमा गोल रहित बराबरी खेलको खेलको दोस्रो हाफमा पीएसजीले सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफमा पीएसजीले तीन गोल गर्यो । खेलको ५७ औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गोल गर्दै गोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ७० औं मिनेटमा युवा स्टार एम्बाप्पेले गोल गर्दै टोलीको अग्रता २-० को पारे । त्यसको नौं मिनेट नबित्दै मार्क्युनोसले गोल गर्दै पीएसजीलको जित सुनिश्चित गरे । शीर्ष स्थानको पीएसजीले १८ खेलबाट ५० अंक जोड्यो । उसले दोस्रो स्थानमा लिलीसँग १३ अंकको अग्रता बनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४