शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यात्राको क्रममा कमजोरी भयो होला, आउनुस् फेरी सँगै यात्रा गरौं : रविन्द्र मिश्र

यात्राको क्रममा कमजोरी भयो होला, आउनुस् फेरी सँगै यात्रा गरौं : रविन्द्र मिश्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पूर्वसंयोजक उज्ज्वल थापासहितका पार्टी छोडेर गएका साथीहरुलाई यात्राका क्रममा केही कमजोरी भएको हुन सक्ने बताउँदै फेरी सँगै एक भएर यात्रा गर्न आग्रह गरेका छन्। पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले पार्टीको फुटले देशमा बैकल्पिक शक्ति निर्माणमा नसोचेको अवरोध सिर्जना भएको बताए।

‘यात्राका क्रममा केही कमजोरी हाम्रा होलान। केही तपाइहरुका पनि होलान। कमजोरीहरुलाई सम्बादको माध्यमबाट समाधान गर्नुपर्छ’, उनले भने, ‘छलफल नै नगरी पार्टीको विधि र प्रक्रिया मिचिएको भन्ने आरोप लगाइयो। जुन सही छैन।’ मिश्रले आफूलाई उक्त आरोपले दुःखी तुल्याएको समेत बताए।  

‘आरोप त म पनि लगाउँन सक्थे’, मिश्रले भने, ‘म त्यसरी हिलो छ्यापाछ्याप गर्ने पक्षमा छैन। अहिले हामी छुट्टिए पनि देशको रुपमान्तरणमा सँगै हुने छौ र कुनै बिन्दुमा फेरि एक हुनेछौं।’ उनले एक वर्षको अवधिमा पार्टीका केन्द्रीय समितिले बनाएको विधि र प्रक्रियाका बारेमा पार्टी सदस्यलाई जानकारी दिन नसक्नु आफूहरुको कम्जोरी भएको बताए।

यही पौष ३० गते पार्टीको केन्द्रीय समिति बैठक बोलाइएकाले त्यसमा आफ्ना असन्तुष्टिहरु राख्न सकिने भएपनि यसरि एकैचोटी पार्टी परित्याग नै गर्न नहुने धारणा मिश्रले राखेका थिए। आफूहरु सँगै हुँदा देश भित्र र बाहिर बस्ने साथीहरू उत्साहित भएकोमा यो बिछोडले उनीहरुमा खिन्नता पैदा गरिदिएको मिश्रले बताए। 

आफ्नो यात्राबाट विचलित नभइ अगाडि बढ्ने बताउँदै मिश्रले नयाँ पार्टी दर्ता गर्न लागेकोमा थापालाई शुभकामना दिएका छन्। 

उनले पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने समेत जानकारी दिएका छन्। 

उज्वल थापासहित १६ जनाले अर्को पार्टी विवेकशील नेपाली दल दर्ताका लागि शुक्रबार मात्रै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।