काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा भारतीय सेनाको मानार्थ महारथी बनेका छन्। थापालाई शनिबार भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा थापालाई भारतीय स्थल सेनाको मार्नाथ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
नेपाल र भारतबीच सन् १०५० देखि दुबै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहँदै आएको छ। सोही प्रचलन अनुसार प्रधानसेनापति थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४