बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • चौंथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक, सुरुवाती मूल्य ६९ लाख ९० हजार

चौंथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक, सुरुवाती मूल्य ६९ लाख ९० हजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कोरियन मोटर निर्माता कम्पनी किया मोटर्सको नेपालस्थित अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले नेपाली बजरमा स्पोर्टेज कारको नयाँ भर्सन सार्वजनिक गरेको छ। किया मोटर्ससँग कन्टिनेन्टल ट्रेडिङले सहकार्य गरेको २५ औ वर्षको अवसरमा शुक्रबार राजधानीमा एक समारोहकोबीच चौथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक गरेको हो।

विश्वबजारमा सर्वाधिक बिक्री हुने स्पोट्स युटिलिटी भेहिकल(एसयुभी)को सूचीमा स्पोर्टेजले अफ्नो स्थान सुरक्षित गर्दै आएको छ।

कम्पनीका अनुसार नेपाली बजारमा नयाँ स्पोर्टेजको मूल्य ६९ लाख ९० हजार रुपैयाँबाट शुरु हुन्छ। कार चार भेरिएन्टमा उपलब्ध गराइएको छ। साथै नयाँ स्पोर्टेजको इन्टेरियर र एक्सटेरियरमा थप आकर्षक बिशेषताहरु रहेको कम्पनीको भनाइ छ। जसकारण गाडी थप स्टाइलिस, सुरक्षित र आरामदायी भएको बताइएको छ। कच्ची बाटोमा चलाउन झन सहज भएको जानकारी दिइएको छ।

कारको विशेषतामा अगाडी एलइडी हेडल्याम्प र एलइडी डे टाइम रनिङ लाइट जडान गरिएको छ। चौथो पुस्ता भएकोले नविन ड्रइभिङ प्रविधि र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्तम जडान गरिएको छ। जसले यात्रा अवधिभरलाई सहजता र मनोरञ्जन प्रदान गर्नेछ। कारमा सुरक्षा सम्बन्धी पनि नविन प्रविधि जडान गरिएको कम्पनीको भनाइ छ।

पेट्रोल र डिजेल दुवै भर्सनसँगै नयाँ स्पोर्टेज जिटीलाइन मोडलमा पनि उपलब्ध छ। कारमा ८ स्पीड अटोम्याटिक ट्रान्समिसन, प्याडल सिफ्टर, तीन ड्राइभ मोड(नर्मल, इको र स्पोर्ट) छ। फराकिलो सनरुफ, उच्च कार्यक्षमता प्रदान गर्ने सस्पेन्सन, सात इन्चको टचस्क्रीन, ८ स्पीकर, एप्पल कार प्ले र अन्ड्रोइड अटो सर्पोट गर्ने म्युजिक सिस्टम उपलब्ध छ। कम्पनीका अनुसार कार विभिन्न छ नयाँ रङमा उपलब्ध छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्