बुधबार, वैशाख १२, २०८१

अप्ठ्यारोमा आइजिपी : सरकारले तयार गर्‍यो पाँच अभियोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सरकारले नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाललाई हटाउने तयारी गरेको छ। गृहमन्त्री रामबहादुर थापाको विश्वासिला मानिएका खनाललाई हटाउने विषयमा नेकपाका उच्च नेताबीच सहमति भइसकेको दाबी उच्च सरकारी स्रोतको छ।

खनाललाई माघभित्रै हटाएर नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पुस्कर कार्की वा एआइजी ठूले राईलाई आइजिपी बनाउने गरी बालुवाटारमा प्रधामन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री थापाबीच सहमति भएको स्रोतले बतायो। यस्तै संगठनभित्रैबाट पनि खनालका ब्याची एआइजी पुस्कर कार्कीले आफू आइजिपी बन्न चलखल गर्न थालेका छन्।

साढे ३३ किलो सुन काण्ड, निर्मला हत्या प्रकरण, काठमाडौंमा हाइप्रोफाइल व्यक्ति हत्याको असफल प्रयासलगायतका घटनामा संलग्न व्यक्ति पहिचान गर्न नसकेको, मुलुकमा शान्तिसुव्यवस्था कायम गर्न विफल भएको जस्ता आरोप गृहमन्त्री थापामाथि लागेपछि उनले आफू जोगिन आइजिपी खनाललाई तारो बनाएका हुन्।

खनाल सहब्याची डिआइजी रमेश खरेल र पुस्कर कार्कीलाई पछाडि पार्दै गत चैत २६ गते २६ औं प्रहरी महानिरीक्षक नियुक्त भएका थिए। खनालले प्रहरी मुख्यालयको कमान्ड सम्हालेको बिहीबार नौ महिना पुगेको छ। नेपाल प्रहरीमा स्वच्छ छवि बनाएका खनाल निडर र अब्बल कमान्डर मानिन्छन्। आजिपीमा नियुक्ति भएदेखि नै उनलाई हटाउन संगठनभित्र र बाहिरबाट विभिन्न प्रयास हुँदै आएका छन्। एआइजीको दरबन्दी १५ बाट घटाएर चारमा झार्न नहुने र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई महाराजगन्जबाट अन्यत्र सार्न नहुने अडान राखेपछि उनीमाथि गृहमन्त्री थापाले वक्रदृष्टि लगाएको स्रोतको दाबी छ।

खनाल संगठनको कमान्ड समालेपछि भने आक्रामकभन्दा रक्षात्मक देखिएका छन् । यसको कारण हो उनीमाथि ब्याचीको असहयोग। 

खनाल नेपाल प्रहरीको २६ औं आइजिपीमा नियुक्त भएको भोलिपल्ट उनका ब्याची डिआइजी रमेश खरेलले राजीनामा दिए। आइजिपी बन्ने प्रतिस्पर्धामा रहेका खरेलले प्रहरी प्रमुख नियुक्तिमा असन्तुष्ट भएपछि राजीनामा दिएका थिए। गृहमन्त्री थापाको विश्वासमा परेर आइजिपी बनेका खनाल गृहमन्त्री थापाकै घेराबाट बाहिर आउन सकेनन्। प्रहरीका हरेक निर्णयमा गृहमन्त्री थापा र सत्तासीन नेकपा हाबी हुँदै गए। अनि गृहमन्त्रीले भित्रभित्रै आइजिपी खनाललाई पदबाट हटाउने योजना बनाउन थालेको नेकपाकै एक उच्च नेता बताउँछन्। आइजिपी खनाललाई पदबाट हटाउन बनाइएका सबै योजना असफल हुँदै आएका छन्। उनलाई हटाउन बनाइएका योजना यस्ता थिए:

सुनकाण्ड छानबिन र अनुसन्धान टोलीमाथिको कारबाही 

आइजिपीमा खनाल नियुक्त हुनुपूर्व अर्थात् माघ ९ गते त्रिभुवन विमानस्थलबाट साढे ३३ केजी सुन तस्करी भयो। सुन तस्करीका बेला आइजिपी थिए प्रकाश अर्याल। खनाल ट्राफिक महाशाखा प्रमुख थिए। महानगरीय अपराध महाशाखाले तस्करीको सुनको अनुसन्धान गरिरहेको थियो । चैत २७ गते आइजिपीमा खनाल नियुक्त भएपछि सुन तस्करीको अनुसन्धान महाशाखाबाट खोसियो। प्रहरी उच्च स्रोतका अनुसार तस्करीको सुनमा नेकपाका उच्च नेता नै संलग्न रहेको भेटिएपछि महाशाखाबाट अनुसन्धान खोसिएको हो।

त्यसपछि अनुसन्धानको जिम्मेवारी गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई दिइयो। संगठित अपराध अनुसन्धान गर्न अनुसन्धानविज्ञको संयोजकत्वमा छानबिन समिति गठन गर्नुपर्ने प्रावधान छ। अनुसन्धानमा अब्बल मानिएको महाशाखा र केन्द्रीय अनुसन्धानलाई उक्त जिम्मेवारी दिइएन। महाशाखाको अनुसन्धान टोलीलाई नै मुख्य दोषी देखाउँदै एसएसपी दिवेश लोहनीलगायतलाई जेल हाल्दा आइजिपी खनाल मौन देखिएको आरोप छ। यो घटनापछि प्रहरी अनुसन्धानमाथि प्रश्न मात्र उठेन, अनुसन्धानकर्र्ता जेल गएपछि प्रहरीमा चरम निराशा उत्पन्न भयो। सुन तस्करीको अनुसन्धानबाट प्रहरी पछाडि हट्यो । प्रहरी उच्च स्रोतका अनुसार तस्करीको सुनमा नेकपाका उच्च नेता संलग्न रहेको भेटिएपछि महाशाखाबाट अनुसन्धान खोसिएको हो।

प्रतिस्पर्धी एआइजीको चलखेल
 
नेपाल प्रहरीमा २०४६ देखि एउटा रोग छ। आइजिपीमा नियुक्ति भएदेखि उनका प्रतिस्पर्धीको चलखेल र असफल बनाउने प्रयास। यो रोगको संक्रमणबाट  आइजिपी खनाल पनि बच्न सकेका छैनन्। आइजिपीको बर्दी लगाउन नपाएका उनका ब्याचीको योजना खनाललाई जसरी पनि हटाउन हाइप्रोफाइलको हत्या योजनासमेत बनेको डरलाग्दा रहस्य बाहिर आएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री निकट मानिने एआइजी पुस्करकुमार कार्कीले खनाललाई पछाडि पारेर आफू आइजिपी हुन कांग्रेस सिफारिसमा प्रदेश ३ प्रमुख बनेकी अनुराधा कोइरालादेखि नेकपा उच्च नेतासँग निरन्तर रूपमा लबिङ गरिरहेका छन्। उतिबेला ओली कार्कीलाई नै आइजिपी बनाउन चाहन्थे । तर गृहमन्त्री थापाले खनाललाई आइजिपी नबनाए पदबाटै राजीनामा दिने धम्की दिएपछि ओली पछाडि हटेका थिए । 

अनेरास्वियु अघि सारेर राजीनामा गराउन दबाब 

गत असोज १९ गते नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै आइजिपी खनालको राजीनामा माग गर्‍यो। ज्ञापनपत्रमा शान्तिसुरक्षा दिन नसकेको भन्दै आइजिपी खनाललाई बर्खास्त माग गरिएको थियो। ज्ञापनपत्र नेकपाका उच्च नेताको निर्देशनमा गृहमन्त्री थापालाई बुझाइएको थियो । विद्यार्थीका केही नेता प्रयोग गरेर ओली निकटका नेकपा नेताले आइजिपी हटाउन गृहमन्त्री थापालाई दबाब दिएको घटना त्यतिबेला बाहिर आएको थियो।

हाइप्रोफाइल हत्या योजना 

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेतले नख्खु कारगारबाट हाइप्रोफाइल हत्याको योजना बनाइरहेको गोप्य सूचना जासुसी संयन्त्रले नेपाल प्रहरीलाई दिएकोे समाचार नेपाल समयले गत असोज १९ गते पर्दाफस गर्‍यो। जासुसी संयन्त्रले दिएको सूचनाअनुसार दसैंतिहार बीचमा काठमाडौंमा हाइप्रोफाइल व्यक्तिको हत्या गर्ने र शान्तिसुरक्षाको प्रश्न उठाउँदै गृहमन्त्री थापा र नेपाल प्रहरीका आइजिपी खनालजीलाई बर्खास्त गर्ने उद्देश्यले उक्त योजना सफल पार्न ‘गुन्डा नाइके’ समीरमान बस्नेतलाई नेपाल प्रहरीका उच्च अधिकारी र शक्ति केन्द्रका प्रभावशाली व्यक्तिको सहयोग रहेको सूचना नेपाल समयलाई प्राप्त भएको छ।

महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले उक्त हत्या योजना कुनै पनि हालतमा सफल हुन नदिने गरी अनुसन्धान सुरु गरे। डिएसपी रुगम कुँवरको टोलीले गौचनलाई गोली प्रहार गर्ने ‘सार्प सुटर’ कालेदाइ भनिने अमर रानामगर, लोप्साङ भनिने सोम तामाङ र नेपाली सेनाका भगौडा रोशन बुढाथोकीलाई झापाको काँकडभिट्टाबाट पक्राउ गर्‍यो। समिरले यिनै तीनजनालाई उपत्यकामा हाइप्रोफाइल हत्याको जिम्मेवारी दिएको थिए। हाइप्रोफाइल हत्या योजना सफल बनाउन भारतबाट नेपाल आउँदै गर्दा कात्तिक १२ गते महाशाखाको टोलीले तीनैजनालाई पक्राउ गर्‍यो। यो घटनापछि आइजिपी हटाउने अर्को एउटा षड्यन्त्र विफल भएको थियो।

यो पनि पढ्नुस्,

आर्इजीपी सर्वेन्द्र खनालको फरक शैली :  हल्ला कम, काम बढी 

समिरमानको हाई-प्रोफाइल हत्या योजनाले झस्कायो प्रहरीलाई

गीतकार बने आईजीपी खनाल, यस्तो छ उनको गीत (भिडियो)

होटलबाटै एसएसपी बढुवा सूची बनाउँदै गृहमन्त्रीका छोरा

‘गुण्डा’ छुटाउन पुगेकी सांसद नबिनालाई एसएसपीले हप्काए

गुण्डा नछुटाएको प्रतिशोध : आइजीपी बर्खास्त गर्न गुहार!

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।