शुक्रबार, वैशाख ७, २०८१

'सामाजिक विकृतिले अपराध बढायो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले सामाजिक विकृतिका कारण आपराधिक घटना बढेको बताएका छन्। समग्रमा मुलुकको शान्ति सुरक्षाको अवस्था राम्रो रहेनपनि सामाजिक विकृतिका कारण सिर्जित अपराध बढेको सुवेदीले बताएका छन्।

शान्तिपूर्ण एवं सुरक्षित सामाजका लागि नेपाल प्रहरीले सञ्चालन गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार जनकपुरमा आयोजना गरिएको गोष्ठीमा बोल्दै सुवेदीले सामाजिक विकृति बढाउन सामाजिक सञ्जालले नकारात्मक भूमिका खेल्दै आएको स्पष्ट पारे।

‘सामाजिक सञ्जालको अधिकतम प्रयोगले विकृति बढाएको छ,’ प्रवक्ता सुवेदीले भने,‘सामाजिक सञ्जालका साथै इन्टरनेट प्रयोग गर्दा अपनाइने सावधानीबारे बालबालिकालाई जानकारी गराउने बेला आएको छ।’

‘बलात्कारका घटनामा १५ वर्ष मुनीका अधिकांश पीडित देखिएका छन्। पीडकहरु १६ देखि २५ वर्ष उमेर समूहका देखिएका छन्,’ उनले भने,‘यी व्यक्तिहरु बाहिरबाट आएका होइनन् । सामाजकै मानिसहरु हुन्।’ सजाय काटेर आएका व्यक्तिले सामाजिक स्वीकृति नपाउँदा उनीहरु पुनः अपराध तिर जान सक्ने भएकाले सुवेदीले सामाजिक स्वीकृति दिनुपर्नेमा जोड दिए।

महिला हिंसा, बलात्कारजस्ता आपराधिक घटनाहरु सामाजिक सञ्जालको प्रयोगबाट बढेको प्रहरी अनुसन्धानले देखाएको सुवेदीले बताए। ‘सामाजिक विकृतिबाट सिर्जित आपराधिक घटना न्यूनीकरण हुन सकेको छैन,’ उनले भने,‘यस्ता घटनाहरु न्यूनीकरण गर्न हामीले समुदायसँग मिलेर काम गर्न लागेका हौं ।’ समुदायसँग मिलेर काम नगरे प्रहरी कुनै हालतमा सफल हुन नसक्ने उनको भनाइ थियो।

प्रवक्ता सुवेदीले जिउ धनमात्र नभएर नागरिकको एकीकृत सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताए। 

मुलुकको वर्तमान संरचनाअनुसार शान्ति सुरक्षाको जिम्मेवारी स्थानीय तहसम्म पुगेको भन्दै उनले समुदाय प्रहरी साझेदारी कार्यक्रम सफल पार्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने प्रष्ट पारे। 

कार्यक्रम कार्यान्वयन गर्न ७५३ स्थानीय तह मध्ये ७४७ स्थानीय तहले नेपाल प्रहरीसँग सम्झौता गरेको उनले जानकारी दिए। नेपाल प्रहरीकै सक्रियताका कारण ४-५ वर्ष अघिसम्म सक्रिय रहेका भूमिगत समूह, विभिन्न समूहको नाउँमा हुने गुण्डागर्दीजस्ता आपराधिक गतिविधिहरु करिब करिब अन्त्य भइसकेको उनको दाबी थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।