बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिस्टविरुद्ध लड्न कांग्रेसले ‘छाया सरकार’ बनाउने

कम्युनिस्टविरुद्ध लड्न कांग्रेसले ‘छाया सरकार’ बनाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकारको स्वेच्छाचारी शैलीलाई अनुगमन गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको छ।

पार्टी संसदीय दलको मंगलबार बसेको बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकार स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै सम्बन्धित क्षेत्रका अनुभवी सांसदलाई सरकारका विभिन्न मन्त्रालयको अनुगमन गर्ने गरी छाया सरकार बनाउने निर्णय गरेको हो।

कांग्रेस नेता सुरेन्द्र पाण्डेका अनुसार सरकारका सबै मन्त्रालय हेर्न  विभिन्न २५ वटा विषयगत समिति गठन गरिने भएको छ। उनले भने, ‘अर्थ, परराष्ट्र, कृषि, शिक्षा, भूमिसुधार, गृह, कानुनलगायतका मन्त्रालय हेर्ने गरी २५ वटा विषयगत समिति बनाउने निर्णय भएको छ। एउटा समितिमा ३ जना सदस्य रहनेछन् ।’ नेपाली कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी ७६ जना सांसद छन्।

बैठकले आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि प्रश्नोत्तरको समय नदिने सभामुखको कार्यशैलीप्रति आपत्ति जनाएको छ। पाण्डेले भने, ‘बोल्ने समय नदिनु सभामुखको विशेष अधिकारभित्र पर्दैन । सार्वजनिक सरोकारका विषयमा सांसदले बोल्न पाउनुपर्छ । सांसदलाई बोल्न नदिएर सभामुखले संसदीय नियमावली उल्लंघन गरेका छन्।’

यसैगरी बैठकले बुधबार बस्ने संसद् बैठकमा पनि सांसदहरूले उठेर विरोध जनाउने निर्णय गरेको छ। यस्तै सदनमा अझ प्रभावकारी भूमिका खेल्ने निर्णय भएको जानकारी पाण्डेले दिए।

यसैबीच बुधबार बिहान संसद्को कार्य व्यवस्था समितिको बैठक बस्ने भएको छ । बैठकले कांग्रेसले गर्न लागेको विरोधलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।