पर्सा– तीन दिनदेखि बेपत्ता बाराका एकै परिवारका चार बालिकाको सकुशल उद्धार गरिएको छ । बारा प्रहरीले सीमावर्ती भारतमा फेला पारी उनीहरुलाई आइतबार अभिभाबकको जिम्मा लगाएको हो। बाराको देवताल गाउँपालिका वडा नम्बर १ बडकी फुलवरिया टोल बस्ने नरेश साह गोढकी १२ वर्षीया काजल कुमारी, १० वर्षीया आँचल कुमारी, ८ वर्षीया अञ्जली कुमारी र ६ वर्षीया नेहा कुमारीलाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
गोढका ४ जना छोरी गत साउन २७ गतेदेखि आफ्नै घरबाट हराएका थिए । प्रहरीले भारतको श्रीसियामा बालिकाहरूलाई फेला पारेपछि भारतीय प्रहरीको समन्वयमा सकुशल उद्धार गरी नेपाल ल्याएको थियो । बालिकाहरुको अवस्थाबारे प्रहरीले जानकारी पाएको २४ घण्टाभित्र फेला पारी परिवारको जिम्मा लगाएकोे मिश्रले बताए।