बिहीबार, वैशाख १३, २०८१

किन ढिलो हुँदैछ देउवा सरकारको विस्तार?

दुई साताअघि भएको एउटा छलफलमा गठबन्धनका कतिपय नेताहरुले प्रधानमन्त्री शेरहादुर देउवासमक्ष ‘मन्त्रीपरिषद विस्तारका लागि आफूहरुलाई केही समय दिन’ आग्रह गरेका थिए।
 |  आइतबार, साउन ३१, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

आइतबार, साउन ३१, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई दिनअघि एक महिना पूरा भयो।  तर मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। सरकार गठनको प्रारम्भमा जति मन्त्री बनाइएको थियो, त्यसपछि एकजना स्वास्थ्य राज्यमन्त्री थप्ने बाहेक मन्त्रिपरिषद् विस्तारमा सरकारको नेतृत्व मौन छ। 

triton college

एक महिना बित्दा पनि सरकार विस्तार हुन नसक्नुमा गठबन्धनका नेताका आ–आफ्नै भनाइ छन्। तर सरकार विस्तारमा समन्वय र परिणाम नदेखिँदा प्रधानमन्त्री देउवाले आफ्नै दलभित्र पनि आलोचना खेपिरहेका छन्। ‘शनिबार र शुक्बारको बैठकमा केन्द्रीय कमिटी बैठकमा पनि देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना भएको छ’, कांग्रेसका एक केन्द्रीय सदस्यले सुनाए, ‘यस्तो जटिल परिस्थिति छ। देशमा महामारी मात्र होइन गर्नुपर्ने काम धेरै छन्, मन्त्रालय खाली हुँदा सरकार निकम्मा हुने सम्भावना बढिरहेको छ। यसमा देउवाको ध्यान जान जरुरी छ।’ 

कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले भने गठबन्धन दलका कारण सरकार विस्तारमा अप्ठ्यारो  भइरहेको बताइरहेका छन्। कांग्रेसको औपचारिक बैठकमा मात्र होइन अनौपचारिक छलफलमा समेत उनले ‘गठबन्धनका नेताहरुसँग पटकपटक मन्त्रीको सूची मागिएको तर निष्कर्षमा पुग्न नसकिएको’ बताइरहेका छन्। आफ्नो पाँचौं कार्यकालको पहिलो महिना पूरा गरेका देउवाले शपथसँगै चार मन्त्री नियुक्त गरेका थिए। चारमध्ये दुई जना कांग्रेसबाट र दुई जना माओवादी केन्द्रबाट मन्त्री तय भएका थिए। पछि उनले ११ साउनमा स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सन्निकटसँग भन्ने गरेका छन्, ‘सरकारमा जाने विषयमा उहाँहरुभित्र एकमतको अवस्था छैन, माधवजीले सबैलाई एकगठ गराउने प्रयास गरिरहनुभएको छ।’

यसबीचमा सरकार विस्तारका विषयमा गठबन्धनका दलका नेताहरुबीच पटकपटक भेटवार्ता पनि भइरहेका छन्। खासगरी एमालेभित्रको माधव नेपाल पक्षलाई सरकारमा लैजान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दौडधुप र कसरत निरन्तर चलिरहेको छ। ‘हाम्रो त केही समस्या छैन, बसेर सूची बनाउँला तर माधवजीहरुलाई पनि सरकारमा जान राजी बनाउन सकियो भने गठबन्धनको बलियो आकार बन्ने अवस्था रहन्छ’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सन्निकटसँग भन्ने गरेका छन्, ‘सरकारमा जाने विषयमा उहाँहरुभित्र एकमतको अवस्था छैन, माधवजीले सबैलाई एकगठ गराउने प्रयास गरिरहनुभएको छ।’

तर, माधव नेपाल पक्षभित्र सरकारमा जाने या नजाने विषयमा अलमल देखिएको छ। यो समूहको आफ्नो दल नेकपा एमालेभित्रको यस्तो अन्तरद्वन्द्वमा फसेको छ कि उसलाई पार्टी एकताको पिरलो सरकारमा जाने विषयभन्दा महत्त्वपूर्ण छ। खासगरी भीम रावल, भीम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले दलीय एकतालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै सरकारमा जाने विषयलाई ओझेल पार्ने प्रयत्न गरिरहेका छन्। ‘हाम्रा लागि एमाले एकता महत्त्वपूर्ण छ, दलभित्रको किचलो सेटल गर्न सक्दा मात्र हाम्रो शक्ति र सामर्थ्य निरन्तरता रहन्छ’, एमालेभित्रको नेपाल पक्षका एक नेताले भने, ‘यद्यिप केही साथीहरु सरकारमा जानुपर्ने तर्क गरिहरनुभएको छ। उहाँहरुका कुरामा वरिष्ठ नेता नेपाल सकारात्मक त हुनुहुन्छ तर निर्णय गरिहाल्ने स्थितिमा हुनुहुन्न।’ 

corrent noodles
Metro Mart


माधव समूहका नेता तथा सांसद मेटमणी चौधरीका अनुसार ‘समूहभित्र छलफल जारी छ, खासगरी प्रतिगमन र अलोप्रिय ओली सरकारको बर्हिगमन उनीहरुका लागि महत्त्वपूर्ण थियो, अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नेताहरुबीच कुराकानी भइरहेको छ।’

नेताहरुका अनुसार माधव नेपाल समूह अहिल्यै सरकारमा जाने निष्कर्षमा पुग्न कठिन छ। यद्यपि सत्तारुढ गठबन्धनको नेपाली कांग्रेसका नेताहरुको भने ढिलोचाँडो यो समूह सकारमा आउने विश्लेषण छ। ‘राजनीतिक रुपमा एकैपटक सबै कुरा नमिल्ला तर माधव नेपाल पक्ष कुनै पनि बेला सरकारमा सहभागी हुन सक्छ’, कांग्रेस नेता डा. प्रकाशशरण महत भन्छन्, ‘सकार विस्तारको ढिलाइका कारण यस्तै हुन्। प्रधानमन्त्रीका तर्फबाट पहल भइरहेको छ।’

मन्त्रिपरिषद् विस्तारको अर्को कारण गठबन्धनका दल जो सरकारमा सहभागी हुन तयार छन्, उनीहरुभित्रका आकांक्षी र सरकारको हिस्सेदारी टुंगो नलाग्नु पनि हो। नेताहरुका अनुसार माओवादी केन्द्रभित्र झण्डै दुई दर्जन सांसदले आफूलाई जसरी पनि मन्त्रि बनाइनुपर्ने भन्दै अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन्। ‘एकातिर कति मन्त्रालय पाउँने भन्ने टुंगो भइसकेको अवस्था र अर्कोतिर आकांक्षीहरुको लाम लामो छ’, माओवादी केन्द्रका एक नेताले भने, ‘यस्तो अवस्था अरु गठबन्धनका अन्य दलमा पनि छ भन्ने सुनिएको छ। यो कारणले पनि मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो।’

‘हामी छलफलमै छौं, बिग्रेको केही छैन। सरकारमा जाने कुरा हतार गरेर निर्णय गर्ने कुरा पनि होइन’,  जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘एक दलको कुरा मात्र होइन नि यो। अरु दलका नेताहरुसँग पनि छलफलको विषय हो।

दुई साताअघि भएको एउटा छलफलमा गठबन्धनका कतिपय नेताहरुले प्रधानमन्त्री शेरहादुर देउवासमक्ष ‘मन्त्रिपरिषद् विस्तारका लागि आफूहरुलाई केही समय दिन’ आग्रह गरेका थिए। खासगरी नेता माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दलभित्र साथीहरुसँग छलफल आवश्यक रहेको भन्दै प्रधानमन्त्रीलाई सरकार विस्तारमा हतार नगर्न आग्रह गरेको हुन्। तर सरकार गठबनको एक महिना बितिसक्दा पनि गठबन्धनका दलहरुले आफूभित्र सल्लाह गरेर मन्त्री बन्ने नामको सूची देउवालाई दिन सकेका छैनन्। गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा नेपालका नेताहरुले भने आफूहरू अहिले सकारमा सहभागी नहुने बताइसकेका छन्। 

‘हामी छलफलमै छौं, बिग्रेको केही छैन। सरकारमा जाने कुरा हतार गरेर निर्णय गर्ने कुरा पनि होइन’, नेपाल समयसँग जसपा अध्यक्ष यादवले भने, ‘एक दलको कुरा मात्र होइन नि यो। अरु दलका नेताहरुसँग पनि छलफलको विषय हो। छलफल भइरहेको छ। तपाईंहरु ढुक्क हुनुहोस्, केही दिनमा पूर्ण सरकार देख्न सक्नुहुन्छ।’

प्रधानमन्त्री देउवा निकट एक नेताले भने, ‘सरकार विस्तारको काम वास्तवमै जटिल देखियो। चाहना हुँदाहुँदै पनि परिस्थिति यस्तो भयो। तर केन्द्रीय समितिको बैठक पनि सकियो, अब हामी यसैमा फोकस हुन्छौं।’

तर माओवादी केन्द्रभित्र जस्तै जसपाभित्र पनि आकांक्षीको व्यवस्थापन र त्यसलाई टुंगोमा पुर्‍याउन नेताहरुलाई हम्मेहम्मे परिरहेको छ। जसपाका अर्का एक नेताका अनुसार महत्थ ठाकुर पक्षीय अरु केही सांसदलाई आफूतिर ल्याउने र मन्त्री दिने प्रयत्नमा यादव समूह केन्द्रित छ। ‘अध्यक्षको यो चाहनाअनुरुपको काम नसिएकाले नै मन्त्रिको सूची फाइनल हुन नसकेको हो’, उनले भने।


यता सरकारको नेतृत्व गरिरहेको कांग्रेस पनि बाँकी मन्त्रीको नाम तय गर्ने मामिलामा अन्योलमा छ। सभापति तथा प्रधानमन्त्री देउवाले इतर गुटका नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई सरकारमा सहभागी हुने गठबन्धन दलको हिस्सा ‘क्लियर’ भएपछि मात्र मन्त्रीका लागि नाम माग्ने बताइसकेका छन्। ‘महत्त्वपूर्ण मन्त्रालयको बाँडफाँड  नै बाँकी छ, कसले कति मन्त्रालय पाउने भन्ने पनि टुंगिन बाँकी छ र अझै माधव समूह सरकारमा आउने कि नआउने निर्णय हुनै बाँकी छ। यस्तो अवस्थामा कसरी कांग्रेसभित्रका आकांक्षीमध्ये को मन्त्री बन्दैछ भन्ने?’, प्रधानमन्त्री देउवा निकट एक नेताले भने, ‘सरकार विस्तारको काम वास्तवमै जटिल देखियो। चाहना हुँदाहुँदै पनि परिस्थिति यस्तो भयो। तर केन्द्रीय समितिको बैठक पनि सकियो, अब हामी यसैमा फोकस हुन्छौं।’

प्रकाशित: Aug 15, 2021| 21:30 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...