मंगलबार, वैशाख ११, २०८१

अफगानिस्तानबाट नेपाली फर्काउन कार्यदल गठन

परराष्ट्र मन्त्रालयले अफगानिस्तानको काबुलमा रहेका नेपाली नागरिक फिर्ताबारे समन्वय गर्न सहसचिव स्तरको कार्यदल गठन गरेको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– परराष्ट्र मन्त्रालयले अफगानिस्तानको काबुलमा रहेका नेपाली नागरिक फिर्ताबारे समन्वय गर्न सहसचिव स्तरको कार्यदल गठन गरेको छ। 

triton college

आइतबार मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा बसेको अन्तर मन्त्रालय समन्वय समितिको बैठकले सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको हो।

कार्यदलमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड –१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्राङ्‍कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सदस्यहरु छन्। 

मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको उद्धारका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटबाट तथ्याङ्क संकलनको व्यवस्था पनि गरेको जनाएको छ। मन्त्रालयले सम्पर्कमा लागि कन्सुलर सेवा विभागको भाइबर र ह्वाट्सएप नम्बरको सेवा पनि सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख गरेको छ। 

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्ने र स्वदेश फर्काउन सहयोगका लागि पनि सरकारले मित्र राष्ट्र र नियोगहरुलाई पत्राचार गरेको जनाइएको छ।

corrent noodles
Metro Mart

अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुले त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित: Aug 15, 2021| 20:44 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।