शुक्रबार, वैशाख १४, २०८१

चिनियाँ यानको चन्द्रमा यात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- चिनले एक महिना अघि पठाएको चिनीयाँ चाँग-इ ४ यान चन्द्रमाको दक्षिणी गोलार्धको छेउतिरको १८० किलोमिटर क्षेत्रफलको भन कार्मान नामक क्रेटर (चन्द्रमामा भएको खाल्डो) सन् २०१९ जनवरी ३ मा अवतरण गर्‍यो। 

डिसेम्बरको अन्तिम साता चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा उत्रिसकेको बताए पनि क्रेटरमा भने ३ जनवरी मात्रै अवतरण गरेको चिनीयाँ सञ्‍चारमाध्यमहरुले जनाएका छन्।

यसअघि चिनले गरेको चन्द्रमा यात्राका क्रममा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा अध्ययन गरेको थियो भने यस पटको यात्रा फरक रहेको चिनीयाँ अन्तरिक्ष शाखाले जनाएको छ। यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ।

चन्द्रमाको उक्त क्षेत्रमा जाने लक्ष्य राखेकै कारण यो यात्रा विगतका यात्राभन्दा बढी जोखिमपूर्ण तथा जटिल मानिएको थियो। सन् २०१३ मा चाँग इ-३ नामक यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो। यसअघि चाँग इ-१ सन् २००७ मा चाँग इ-२ १०१० मा अवतरण गरेको थियो। त्यसबेला चन्द्रमाको बाहिरी भागको अध्ययन गरिएको थियो। 

अब चीनले त्यहाँबाट चन्द्रमाका चट्टान तथा धूलोका नमूनाहरू पृथ्वीमा ल्याउनेछ। सन् २०१९ को अन्ततिर यसले त्यहाँबाट नमूनाहरू ल्याउने जनाइएको छ।

 हामीले सधैँ देख्ने चन्द्रमाको रूपभन्दा पृथ्वीबाट कहिल्यै नदेखिने उक्त भाग निकै फरक छ। सो भागको सतह बढ्ता बाक्लो छ र त्यहाँ धेरै खाल्डाखुल्डी छन्। सो क्षेत्र चन्द्रमाको सबभन्दा पुरानो, सबभन्दा ठूलो र गहिरो क्रेटर हो जुन अर्बौँ वर्ष पहिले कुनै क्षुद्रग्रह ठोक्किएपछि बनेको बताइएको छ।

त्यस्तो क्षुद्रग्रह करिब पाँच सय किलोमिटर लम्बाइको भएको ठानिन्छ र त्यसको ठक्करका कारण चन्द्रमाको बाह्य सतहलाई छेडेर म्यान्टलसम्म प्रहारको प्रभाव परेको मानिन्छ।

उक्त यानले आफ्नो प्यानोरामिक क्यामेराको प्रयोग गरेर वरपरका स्थानको पहिचान गर्नेछ। साथै उसले भीएनआइएस नामक स्पेक्ट्रोमिटरको प्रयोग गरेर क्रेटरको सतहमा रहेका खनिज पदार्थबारे अध्ययन गर्नेछ।

चाँग-इ ४ यानले लो फ्रिक्वेन्सी स्पेक्ट्रोमिटर नामक उपकरण पनि बोकेको छ जसले न्यून फ्रिक्वेन्सी रेडियो अवलोकन गर्नेछ। यात्राका क्रममा न्यून फ्रिक्वेन्सीमा 'रेडियो स्काई' को नक्साङ्कन गर्नु तथा सूर्यको व्यहार अध्ययन गर्नेछ। 

कैयौँ अन्तरिक्ष निकायहरू निकट भविष्यमा मानवलाई चन्द्रमामा उतार्न चाहन्छन्। र उनीहरूलाई त्यहाँ धेरै समय पनि राख्न चाहन्छन्। त्यसैले चन्द्रमामा विकिरणका सम्भाव्य जोखिमबारे जानकारी लिन यो यात्राको उद्देश्य भएको जनाइएको छ। 

पृथ्वीमा त उसको वरपर रहेको बाक्लो वायुमण्डल र शक्तिशाली चुम्बकीय क्षेत्रले अन्तरिक्ष तथा सूर्यबाट आउने हानिकारक हुनसक्ने कस्मिक प्रकाश जस्ता तत्त्वबाट जोगाउँछ।

तर चन्द्रमामा पुगेका अन्तरिक्ष यात्रुलाई त्यस्तो सुरक्षा उपलब्ध हुँदैन। प्रकाशको गतिमा आइपुग्ने त्यस्ता तत्वले उनीहरूको स्वास्थ्यमा प्रभाव पार्न सक्छ। जर्मन अनुसन्धानकर्ताहरूले उपलब्ध गराएको लुनार ल्यान्डर न्युट्रोन्स तथा डोजिमेट्री (एलएनडी) प्रयोगले चन्द्रमामा विकिरणको अवस्थाबारे पनि अध्ययन गरिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।