बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा उस्तै छ चिसो, पश्‍चिमी क्षेत्रमा वर्षा हुने

काठमाडौंमा उस्तै छ चिसो, पश्‍चिमी क्षेत्रमा वर्षा हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पुस सुरु भएसँगै देशभर बढेको चिसो काठमाडौंमा पुस सकिन लाग्दा पनि उस्तै छ। मौसम पूर्वानुमान महाशाखाले आकाशमा बादल नभएकाले हिमालबाट आएको हावाले काठमाडौं चिसिएको बताएको छ। उत्तरतिरको हिमाल छोएर आउने हावामा चिसोको मात्रा बढी हुन्छ। 

आज काठमाडौंको बिहानको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ। जुम्लामा तापक्रम भने शनिबार माइनस ७ डिग्रीमा झरेको छ। काठमाडौंमा पुस ९ गते वर्षकै न्यून तापक्रम मापन गरिएको थियो। 

आज जोमसोमको तापक्रमा माइनस ४ दशमलव ५ र जिरीको तापक्रम माइनस ३ दशमलव २ डिग्री मापन गरिएको छ। 

त्यस्तै डडेल्धुराको तापक्रम माइनस १ दशमलव ९ डिग्री, दिपयालको २ डिग्री, धनगढीको ५ दशमलव २ , विरेन्द्रनगरको २, नेपालगन्जको ५ दशमलव ६, दाङको ४ दशमलव २, पोखराको तापक्रम ५ डिग्री मापन गरिएको छ। 

भैरहवाको तापक्रम ७ दशमलव ४ डिग्री, सिमराको ५ दशमलव ५, ओखलढुंगाको ३ दशमलव ३ डिग्री, ताप्लेजुङको २ दशमलव २, धनकुटाको ५ दशमलव ३, विराटनगरको ६, धरानमा ११ दशमव ४, लुम्लेको २० डिग्री छ भने जनकपुरको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री मापन गरिएको छ। 

आज देशको पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रहने र बाँकी भुभागमा आंशिक बदलि रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भुभागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावनाका साथै पश्चिमी उच्च हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको जनाइएको छ। 

तराईमा शितलहर बढ्‍दा जनजीवन कष्टकर बनेको छ। केही जिल्लामा भने विपद् व्यवस्थापन शाखाले दाउरा बाढ्ने, चिसोबाट बच्ने उपायबारे जनचेतना जगाउनेजस्ता कामहरु गरिरहेका छन्।

आज काठमाडौंमा सुर्योदय बिहान ६ बजेर ५६ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर २३ मिनेटमा हुनेछ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।