काठमाडौं- नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन्। हिजो राजधानी काठमाडौंमा सम्पन्न १३औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो। साधारण सभालेतपशीलबमोजिमकाव्यक्तित्वहरूलाईकार्यसमितिमानिर्विरोध चयन गरेको छ।
सुमन पोखरेल-अध्यक्ष (आइएमई लिमिटेड)
दिवाकर थापा-निर्वतमानअध्यक्ष ( हुलास रेमिटेन्स प्रालि)
चन्द्र टण्डन-उपाध्यक्ष ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि)
रितेशमित्तल-महासचिव ( नेपाल रेमिट इ प्रालि)
संजय सिग्देल-कोषाध्यक्ष ( सुर्य रेमिट प्रालि)
इन्द्र शर्मा-सचिव (आइपे रेमिट प्रालि )
युमाश्रेष्ठ-सदस्य ( हिमालयन बैंक लिमिटेड)
प्रविनअधिकारी-सदस्य ( युनाइटेड रेमिट प्रालि)
दीपेन्द्र खनाल-सदस्य ( इजीलिकं प्रालि)
कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमाआफ्नो नेतृत्वनिरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे।
सबै रेमिटेन्स कम्पनीहरू संगठित भइआफ्ना समस्याहरू सम्बन्धितनिकायसम्म पुर्याउने उद्देश्यले बिक्रम सम्वत् २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापनागरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४