शुक्रबार, वैशाख ७, २०८१

शताब्दी पुरूष जोशीले गरे स्वस्थानीको लोकार्पण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – शताब्दी पुरूष डा. सत्यमोहन जोशीले शनिबार ललितपुरस्थित शताब्दी घरमा डा. कञ्चनजङ्घा प्रसाई तथा विदुषी प्रसाईद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण गरेका छन्।

नइ प्रकाशनद्वारा आयोजित समारोहमा संस्कृत विद्याशिरोमणि प्रा.डा.वेणीमाधव ढकालले नेपालेश्वरी स्वस्थानी परमेश्वरीका हृदयरसायन दिव्यकथाले ओतप्रोत ‘श्रीस्वस्थानी व्रतकथा’ नेपाल आमाका सन्तानहरू डा.कञ्चनजङ्घा प्रसाई तथा विदुषी प्रसाईद्वारा सरल, सरस, सुमधुर तथा साराञ्चित भाषाशैलीमा सम्पादित भएको छ भन्दै इतिहासमा नै नारीबाट पहिलोपल्ट श्रीस्वस्थानीको सम्पादन भएको बताए।

समारोहमा पूर्व श्री ५ का नायव बडागुरूज्यू प्रा.डा.माधव भट्टराईले डा.कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाई दुवै जना विज्ञान क्षेत्रका अध्येता भएर पनि उनीहरूले आफ्नो धर्म र संस्कृतिप्रति बफादारी देखाई ‘श्रीस्वस्थानी व्रतकथा’ सम्पादन गरेर मूल्यवान् कृति प्रदान गरेको बताए। सनातन हिन्दुधर्म र संस्कृतिमाथि चारैतिरबाट प्रहार भइरहेको अहिलेको कालखण्डमा उनीहरूको ज्ञानचक्षु, निष्ठा र भक्तिभावना अत्यन्तै प्रेरक रहेको बताए।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित समारोहमा उपाध्यक्ष प्रा.डा. रामप्रसाद उप्रेती, सदस्यसचिव नरेन्द्रराज प्रसाई र सम्पादकहरूमध्येबाट विदुषी प्रसाईले श्रीस्वस्थानी व्रतकथाको महिमाबारे प्रकाश पारेका थिए।

विद्यार्थी पुस्तक भण्डारले पुस्तकको बजार ब्यवस्थापन गर्ने भएको छ। समारोहमा मृदङ्ग मण्डलीले श्रीस्वस्थानी माताको भजनकीर्तन प्रस्तुत गरेको थियो।

शताब्दी पुरूष जोशीका अनुसार मृदङ्ग मण्डलीले एक शताब्दीदेखि नियमित रूपमा श्रीस्वस्थानी व्रतकथामा आधारित भजनकीर्तन प्रस्तुत गर्दै आएको छ।

समारोहमा नइ प्रकाशनका तर्फबाट स्रष्टाद्वय डा.मोदनाथ प्रश्रित र दीनानाथ शर्माले डा.सत्यमोहन जोशीलाई जरीजडित दुबोको माला लगाएर उनको थप कीर्तिमय जीवनको कामना गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।