एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजनमा अपराजित रहेको लिभरपुलले आफ्नो पहिलो हार बेहोरेको छ ।बिहीबार राति भएको खेलमा लिभरपुल म्यानचेष्टर सिटीसँग २-१ गोलले पराजित भएको हो । जारी सिजनमा यो नै लिभरपुलले पहिलो हार हो ।
लिभरपुललाई पराजित गर्न घरेलु टोलीका सर्जियो अग्विरो र लिरोए सानेले एक एक गोल गरे । लिभरपुलका रोबर्टो फिर्मिनोले एक गोल फर्काए ।
निकै नै रोमाञ्चक बनेको खेलमा पहिलो गोलका लागि निकै नै समय कुर्नु पर्यो । पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा घरेलु टोली सिटीले अग्रता लिएको थियो । सिटीलार्इ अग्रता दिलाउन सर्जियो अग्विरोले गोल गरेका थिए ।उनले बर्नार्डो सिल्भाको पासलाई सदुपयोग सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफ १-० गोलमा सकिएको खेलको दोस्रो हाफमा थप दुर्इ गोल भए । लिभरपुललार्इ खेलमा फर्काउन खेलको ६४औं मिनेटमा रोबर्टो फिर्मिनोले बराबरी गवल गरे ।
७२औं मिनेटमा लिरोए सानेले रहिम स्ट्रलिङको पासमा गोल गरेपछि सिटीले खेलमा २-१ को अग्रता बनायो । त्यसपछि थप गोल हुन नसक्दा सिटीले लिभरपुलमाथि विजयी भएको हो ।
लिभरपुलसँग विजयी भएपछि साविकको विजेता सिटी उपाधि यात्रामा फर्किएको छ । सिटी २१ खेलबाट ५० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा ४ अंकले मात्रै पछि छ । लिभरपुलको ५४ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४