एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भिल्लारियालसँग बराबरीमा रोकिएको छ । बिहिबार राति भएको खेलमा रियल भिल्लारियालसँग २-२ को बराबरीमा रोकिएको हो ।
भिल्लारियालको घरेलु मैदानमा भएको खेलमा रियालले अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भयो। भिल्लारियालका सान्टी कार्जोलाले दुई गोल गर्दा रियलका करिम बेन्जेमा र राफेल भरानले एक एक गोल गरे ।
घरेलु टोलीका लागि खेलको चौथो मिनेटमा स्यामुयल चुकवुजीको पासमा सान्टी कार्जोलाले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए । तर, भिल्लारियालको त्यो अग्रता लामो समय टिकेन । सातौ मिनेटमा करिम बेन्जेमाले लुकास भाज्केजको पासलाई सदुपयोग गर्दै बराबरी गोल फर्काएका थिए ।
२०औं मिनेटमा टोनी क्रुसको पासमा राफेल भरानले हेडमार्फत गोल गरेपछि रियलले २-१ को अग्रता बनाएको थियो । पहिलो हाफमा २-१ ले सकिदा दोस्रो हाफमा थप एक गोल भएको थियो । दोस्रो हाफमा भिल्लारियालका सान्टी कार्जोलाले व्यक्तिगत दोस्रो गर्दै खेल पुन:बराबरीमा ल्याए । उनले ८२औं मिनेटमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।
बराबीपछि रियल १७ खेलबाट ३० अंक जोडेर चौथो स्थानमा यथावत रहँदा भिल्लारियाल १७ खेलबाट १६ अंक जोडेर रेलिगेसन जोनबाट एक स्थान माथि रहेको छ । बार्सिलोना ३७ अंकसहित शीर्षस्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४