शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • छुट प्याकेजसहित सुरु हुँदैछ इलाममा नेपालकै पहिलो लगानी सम्मेलन

छुट प्याकेजसहित सुरु हुँदैछ इलाममा नेपालकै पहिलो लगानी सम्मेलन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- इलाम नगरपालीकाले यही पुष २० गतेबाट लगानी सम्मेलन आयोजना गर्दैछ।  स्थानीय सरकारले गरेको यो नै ‘नेपालको पहिलो’ लगानी सम्मेलन भएको आयोजकको दाबी छ।

इलाम जिल्लाको जिल्ला सदरमुकामा रहेको इलाम नगरपालीकाले लगानी सम्मेलनको आयोजनाको तयारी कात्तिक २० गते गरेको थियो। तर, कात्तिकमा विभिन्न कारणले लगानी सम्मेलन हुन नपाएको मेयर महेश बस्नेत बताउँछन।
 
इलाम बजारको गौतमबुद्ध सभाहलमा हुने लगानी सम्मेलनमा नेपालका स्थापित लगानीकर्ता, व्यापारिक घरानाहरु र उनीहरुका प्रतिनिधिहरु आउने बताइएको छ। लगानी सम्मेलन अघि इलामका मेयर महेश बस्नेतले सम्भावित लगानीकर्ताहरुसँग  काठमाण्डौं र विराटनगरलगायतका ठाँउहरुमा गएर छलफलहरु चलाएका थिए।
 
उद्यम र रोजगार बढाउन लागानी सम्मेलन

इलामले गर्न लागेको लगानी सम्मेलनको मुख्य उद्देश्य उद्यम र रोजगार बढाउनु भएको मेयर महेश बस्नेत बताउँछन। आर्थिक समृद्धिको लागी इलाम उर्वर भएको तर लगानी पर्याप्त नभएकाले लगानी सम्मेलन गरेको मेयर बस्नेत बताउँछन्।

‘इलाम नगरको आवश्यकता र यहाँका नागरिकहरुको चाहाना पुरा गर्न स्थानीय लगानी मात्रैले नपुग्ने देखियो’, मेयर बस्नेत भन्छन, ‘देश तथा विदेशी पुँजी, प्रविधि र लगानी ल्याउनको लागी लगानी सम्मेलन गर्न लागिएको हो।’

१२ वडा, ५० हजार हाराहारी जनसंख्या भएको इलाम  प्रदेश १ कै जेठो नगरपालीका हो। पहिलोपटक २०१५ सालमै इलामलाई नगरपालिका बनाइएको थियो। इलाम बजारको इतिहास २ सय बर्ष पुरानो छ। नेपालकै पहिलो चिया कारखाना स्थापना भएर पनि अन्य उद्योगका क्षेत्रमा फड्को मार्न नसक्नुमा लगानीकै अभाव भएको मेयर बस्नेत बताउँछन्। लगानी सम्मेलनले इलामको उद्योग, पर्यटन, व्यापार, व्यवसाय र रोजगारमा फाइदा पुग्ने आशा लिएको मेयर बस्नेत बताउँछन्। उनी भन्छन, ‘उद्यम र रोजगार बढाउन लगानी सम्मेलन गर्न लागेका हौँ ।’

को-को आउँदैछन् सम्मेलनमा ?

लगानी सम्मेलनमा उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणादेखी प्रधानमन्त्री केपी ओलीसम्मको उपस्थिति रहनेछ। शुक्रबार प्रधानमन्त्रीको नागरिक अभिनन्दनसँगै हुने लागनी सम्मेलनमा नेपालमा चर्चित लगानी तथा उद्यमी व्याक्ति तथा संस्थाहरुको उपस्थिति हुने बताइएको छ। 

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय अध्यक्ष भवानी राणा, उद्यमीहरु चन्डी ढकाल, चन्द्र ढकाललगातका लगानीकर्ताहरु आउने बताइएको छ। चौधरी ग्रुप, गोल्छा, खेतान आदी व्यापारिक घरानाका नेतृत्व वा प्रतिनिधिहरु पनि आउने मेयर बस्नेत बताउँछन।
  
यस्ता छन लगानीकर्ताहरुलाइ इलामका छुट प्याकेज

इलाम नगरपालीकाले लगानीका मुख्य पाँच क्षेत्रहरु तोकेको छ। यी पाँच क्षेत्रमा पर्यटन उद्योग, कृषि उद्योग, जडिबुटि उद्योग, शिक्षा तथा स्वास्थ्य क्षेत्रहरु छन। यी क्षेत्रमा लागनी गर्दा व्यापारदेखि रोजगार दुवै राम्रो हुने मेयर महेश बस्नेत बताउँछन।
 
इलाम नगरपालिकाले प्राथामिकतामा राखेका पाँच क्षेत्रमा लागनी गर्नेहरुलाइ विभिन्न छुट प्याकेजहरु राखेका छन। लगानीकर्ताको व्यवसाय करमा छुट दिने, घरजग्गा किनबेचको राजश्वमा लाग्ने छुट दिन, जग्गा उपलब्धतामा सहयोग र कर छुट दिने आदि प्याकेजहरु नगरपालीकाल सार्वजनिक गरेका छ। यसैगरि, उद्योग क्षेत्रमा आवश्यक सडक, पानी, बिजुलीलगायतका स्तरीय पुर्वाधारहरु पुर्‍याउने पनि नगरपालिकाको नीति बनेको मेयर बस्नेत बताउँछन। 

‘हामी स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर सकिने सबै छुट र सहयोगहरु दिन तयार छौँ’, मेयर बस्नेतले नेपाल समयसँग कुराकानी गर्दै भने, ‘सुरक्षाको प्रबन्धदेखि प्रदेश तथा संघीय सरकारसँग गर्नुपर्ने लबिङ पनि हामी हाम्रा लगानीकर्ताहरुको लागि गर्नेछौं।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्