बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कैलाली उद्योग वाणिज्य संघमा तीन समूहको प्रतिस्पर्धा हुने 

कैलाली उद्योग वाणिज्य संघमा तीन समूहको प्रतिस्पर्धा हुने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनकालागि तीन वटा समूहले आफ्नो प्यानलसहित मनोनयन दर्ता गरेका छन्। कैलाली उद्योग वाणिज्य संघको अध्यक्षका लागि वर्तमान महासचिव रुपेश स्वाँर, कोषाअध्यक्ष पुष्पराज कुंवर र सदस्य डिल्लीराज अवस्थीले प्यानलसहित मनोनयन दर्ता गरेका हुन्।

प्यानलसहित मनोनयन दर्ता गरेका अध्यक्षहरुले आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। डिल्लीराज अवस्थीले प्यानलमा दुई जना सदस्यको मनोनयन दर्ता भएको छैन्।

निर्वाचन कार्य तालिका अनुसार संघको उम्मेदवार बन्नका लागि मनोनयन दर्ताका लागि दिईएको बिहान ९ बजेदेखि ११ बजेको समयमा महासचिव रुपेस स्वाँरको प्यानलले मनोनयन दर्ता गरेको हो।

संघका मुख्य सात जना पदाधिकारी सहित ११ जना सदस्यमा प्यानल सहित आज निर्वाचन समितिमा मनोनयन दर्ता गरिएको हो। सो प्यानलबाट अध्यक्ष पदमा रुपेश स्वाँर, वाणिज्य उपाध्यक्षतर्फ गजराज पाण्डेय, उपाध्यक्ष उद्योगतर्फ टेकबहादुर खड्का, उपाध्यक्ष वस्तुगततर्फ अनिल कुमार भुजानिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीष्मराज ओझा, सचिवमा सुजित शर्माले मनोनयन दर्ता गरेका छन्। यसैगरी सदस्यहरुमा ११ जनाले निर्वाचन समितीमा मनोनयन दर्ता गराएका छन्।

सदस्यमा मनोनयन दर्ता गराउनेमा तिलक बोहोरा, रुपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, बसन्त भट्ट, रवि कुँवर, नृपप्रसाद चौधरी र निरज बोहोरा छन्। मनोनयन दर्तापछि संक्षिप्त कुराकानी गदै अध्यक्ष पदका उम्मेदवार स्वारले आफूले जहिले पनि व्यवसायीका पक्षमा लागेका कारण आफूलाई व्यवसायीले मत दिने बताए। उनले संस्थाको हित र यस क्षेत्रको विकासका लागि आफु सधैं तत्पर रहेको बताए।

त्यस्तै वर्तमान कोषाध्यक्ष पुष्पराज कुवंरको प्यानल सहित मनोनयन दर्ता गरेका छन्। संघका मुख्य सात जना पदाधिकारीसहित ११ जना सदस्यमा प्यानल सहित आज निर्वाचन समितिमा मनोनयन दर्ता गरिएको हो।

कुँवरले अध्यक्षमा मनोनयन दर्ता गराएको प्यानलको उद्योगतर्फ उपाध्यक्षमा पुष्कर ओझा, उपाध्यक्ष वाणिज्यतर्फ गगन केसी, उपाध्यक्ष वस्तुगततर्फ शिवराज कुँवर महासचिवमा ओम विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरुले मनोनयन दर्ता गरेका छन्।

यसैगरी सदस्यहरुमा ११ जनाले निर्वाचन समितीमा मनोनयन दर्ता गराएका छन्। सदस्यमा मनोनयन दर्ता गराउनेमा तिलक चन्द्र खतिवडा, टोपवहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार वोहोरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंह छन् ।

मनोनय दर्तापछि अध्यक्ष पदका उम्मेदवार कुँवरले आफूलाई कैलालीमा धेरै व्यवसायीको सर्मथन भएका कारण आफु जित्नेमा ढुक्क भएको बताए। उनले आफुसँग ३ जना पूर्वअध्यक्षको साथ रहेका कारण सवै व्यापारीलाई एक ढिक्का बनाएर लैजाने बताए।

सदस्य डिल्लीराज अवस्थीले पनि दुई जना सदस्य बाहेक आफ्नो प्यानल सहितको उम्मेदवारी दर्ता गरेका छन्। उनले कैलाली उद्योग वाणिज्य संघमा देखिएको फर्जी सदस्यताको अन्तेयका लागी आफुले उम्मेदवारी दिएको बताएका छन्। निपक्षे र वास्तविक ब्यवसायीले आफु र आफ्नो टिम लाई मत दिने उनको भनाई छ।

निर्वाचन कार्यातालिका अर्न्तगत पुस १९ गते उजुरी छानविन १९ र २० गते बिहान १० वजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितीले जनाएको छ। 

त्यसपछि पुस २८ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्य तालिका बनाईएको निर्वाचन समितीले जनाएको छ। कैलाली उद्योग वाणिज्यको अव हुन गईरहेको निर्वाचनमा दुई हजार सात सय ४ जनाले मतदान गर्ने पाउँनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्