शनिबार, वैशाख ८, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज पुस १५ गते आइतबार कहाँ के-के भयो ? अब थाहापाउनुहोस्, नेपाल समय दिनभरी। 

नेकपामा ओली–प्रचण्डका अलग अलग गुट   

पाँच महिनापछि बसेको नेकपा स्थायी समिति बैठकमा पहिलोपल्ट सदस्यहरूलाई बोल्न २० मिनेट समय दिइयो। यसअघिका बैठकमा यति लामो समय दिइएको थिएन। एकीकरणपछि १४ दिनसम्म स्थायी समिति बैठक बसेको पहिलोपल्ट हो।

गोकुल बाँस्कोटाको निर्लज्जता : मन्त्री हुँदा पनि छाडेनन् सदस्यता  

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा छुद्र मुख भएका गोकुल बाँस्कोटालाई सञ्चारमन्त्री र प्रवक्ताको जिम्मेवारी दिएपछि उनको घमण्ड चुलिएको छ। बाँस्कोटाका कारण सरकार अलोकप्रिय बन्दै गएको छ। 

मेलमिलाप दिवस मनाउन कांग्रेसले खटायो प्रतिनिधि

नेपाली कांग्रेसले ४३ औं मेलमिलाप दिवस मनाउन ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय गरेको छ । दिवस मनाउन सभापति शेरबहादुर देउवा काठमाडौंमा खटिनेछन् भने बरिष्ठ नेता रामचन्द्र पौडेललाई गोरखा पठाउने निर्णय भएको छ । 

कमिसनको चक्कर : सस्ता गाडीले प्रहरीलाई सास्ती  

सन् २०११ नोभेम्बरमा नेपाल प्रहरी सुडानको डार्फरमा शान्ति स्थापनाका लागि खटियो । त्यहाँको 'इन्टरनेसनल डिस्प्यारेन्ट पर्सन' अर्थात् शरणार्थी रहेको स्थानबाहिर पुग्नै लाग्दा प्रहरीको गाडी बिग्रियो । विद्रोहीको आधार इलाकामा एक्कासि गाडी बिग्रिएपछि टोलीमा सन्त्रास फैलियो ।

प्रदेशबाटै श्रम स्वीकृति : वैदेशिक कामदार खुसी

धनुषाको हंसपुर नगरपालिका बस्ने जलिम नदाफ आइतबार कार्यालय सुरु हुनासाथ जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय पुगेका थिए । वैदेशिक रोजगारका क्रममा कतारबाट ३/४ महिनाअघि फर्किएका जलिमलाई फेरे त्यतै जानुपर्नेछ ।

गुरुङ नयाँ वर्षको उत्साह

देशभरका गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाइरहेका छन् । बहुजातीय एवम् बहुधार्मिक मुलुक नेपालमा जाति नै पिच्छेका मौलिक पर्व छन् । आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्परा संरक्षण गर्नु हामी सबैको दायित्व हो।

सुदूरपश्चिममा 'पुसे १५' : दन्त्य कथा सुनाएर मनाइँदै

एक आपसमा कथा, दन्त्य कथा, गाउँखाने कथा सुन्ने सुनाउने पर्वको रुपमा लिइने 'पुसे १५' पर्व आज सुदूरपश्चिम प्रदेशका जिल्लामा हर्षोउलासपूर्वक मनाइँदै छ ।

सन् २०१८  मानवीय क्षतिका दृष्टिले नेपालीको दुःखद वर्ष  

सन् २०१८ मानवीय क्षतिका दृष्टिले नेपाल र नेपालीका दुःखद वर्ष बन्न पुग्यो । विमान दुर्घटनासँगै यही वर्ष भ्रमणमा हिँडेका सहकारीकर्मी, विद्यार्थी, काम विशेषमा हिँडेका एकै ठाउँमा काम गर्ने मजदूर, एउटै गाउँका स्थानीयवासी सवार गाडी दुर्घटनामा परेर थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भयो । 

केटी साथीको खोजीमा एलियन

अन्सु कुमार झट्ट हेर्दा बलिउड स्टार ऋतिक रोसनको साइन्स फिक्सनमा आधारित ‘कोई मिल गया’ फिल्मका एलियन ‘जादु’ (फिल्ममा एलियनलाई दिएको नाम) जस्ता देखिन्छन् । 

समुद्री किनारामा देखिएको कियाराको ‘हट पोज’

द अनटोल्ड स्टोरी र मसिन जस्ता फिल्ममा अभिनय गरेकी बलिउड अभिनेत्री कियारा आडवाणीको समुद्री किनारामा खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनी बलिउडमा स्थापित हुन अझै संघर्षरत छिन्। पछिल्लोपटक कियाराले आफ्नो तस्बिर इन्स्ट्राग्राममा राखेकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।