बिहीबार, वैशाख १३, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज पुस १४ गते शनिबार कहाँ के-के भयो ? अब थाहापाउनुहोस्, नेपाल समय दिनभरी। 

राजेन्द्रको पुतला दहनपछि राजपाभित्र बबन्डर!

मधेश केन्द्रित ६ पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र पछिल्ला केहि दिनयता आन्तरिक विवाद बढेर गएको छ । आगामी वैशाखमा एकता अधिवेशन गर्ने तयारी गरिरहेको राजपाभित्रको विवाद जनकपुरमा संयोजक राजेन्द्र महतोको पुतला दहनपछि थप छताछुल्ल भएको छ ।

हेडफोनमा अल्झिएको ग्योजेट पुस्ता  

अचेल चर्को आवाजमा संगीत सुन्दै हिँड्ने फेसनजस्तै बनेको छ । यसमा मनोवैज्ञानिक पक्ष पनि जोडिएको छ। हेड फोनमा व्यस्त हुनेमा १६ देखि २२ वर्ष उमेरसम्मका युवा बढी देखिन्छन् । 

जनताको मनमा बसेका राजा वीरेन्‍द्र

आज पुस १४ गते राजा वीरेन्‍द्र वीरविक्रम शाहको जन्मदिन । राजतन्त्र समाप्त भएर मुलुकमा गणतन्त्र आएपनि स्वर्गीय राजा वीरेन्द्रप्रतिको श्रद्धा र सम्झनामा कमि आएको छैन। राजा वीरेन्द्र अहिले पनि आम नेपाली जनताको मनमा उत्तिकै माननीय र पूजनीय छन। 

कालिकोटका आगलागी पीडितलाई प्रदेश सरकारको ५ लाख  

कर्णाली प्रदेश सरकारले कालिकोटका आगलागी पीडितलाई प्रतिपरिवार पाँच लाख रकम दिने भएको छ । शुक्रबार राति बसेको मन्त्रिपरिषदको बैठकले प्रतिपरिवार पाँच लाख आर्थिक सहयोग गर्ने मन्त्रीपरिषदको निर्णय गरेको छ । 

धनकुटा र तेह्रथुममै हिउँ परेपछि खेल्न पुगे धराने युवाहरु

धनकुटा र तेह्रथुम हिमाली जिल्ला होइनन्। कोशी करिडोरको मध्यपहाडी जिल्ला धनकुटा र तेह्रथुम शुक्रबार अपरान्ह भने हिउँ परेर हिमाली जिल्ला झैँ बने।

दिनेशको अनुभुति : 'पुसमा पंखा चलाएर कविता सुनाउँदा...'

नेपाली गीत र कविताका सत्तिसाल दिनेश अधिकारीको जन्म २०१६ मंसिर २२ गते माता शारदादेवी अधिकारी र पिता नन्दनहरि अधिकारी ‘ओखलढुंगे’ को काखबाट काठमाडौंको पुरानो बानेश्वरमा भएको हो। 

भक्कानिँदै रविले लेखे, मेरो जीवनको खुसी खोस्यौ दैव!

अलि कति के हास्न थाले थे 
राम्ररी हास्न नपाइ निस्ठुरी दैव तिमीले
मेरो जीवनको खुसी यसरी खोसेर लग्यौ !!

चरिकोटमा हिउँ पर्दा जनजीवन कष्टकर

दोलखाको उच्च भूभागमा हिमपात भएको छ। जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो। 

बंगलादेशमा भोली चुनाव, ६ लाख सुरक्षाकर्मी परिचालन

बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ । अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् । 

मैले राम्रो गर्न सके अन्य नेपाली खेलाडीको बाटो खुल्ने छ : सन्दीप

नेपाली राष्ट्रिय टोलीका लेगब्रेक स्पिनर सन्दीप लामिछानेले आफुले राम्रो प्रर्दशन गरे मात्र अन्य नेपाली खेलाडीका लागि विदेशी लिगहरुमा बाटो खुल्ने बताएका छन् । 

मेस्सीलाई ८ प्रश्न : छोराले सोधे माहीले किन हार्यौ ?

 हाल क्रिसमस तथा जाडो बिदामा रहेका बार्सिलोनाका अर्जेन्टिनी लियोनल मेस्सीको पछिल्लो अन्तर्वार्ता यतिबेला चर्चामा छ । उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै आफ्नो जिवनका रोचक कुराहरु खोलेका छन् ।

किरण बने माल्दिभ्स फुटबल वर्षको उत्कृष्ट गोलकिपर

 नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्स फुटबल वर्षको उत्कृष्ट गोलकिपरको उपाधि जितेका छन् । उनले न्यू रेडियन्टका मोह्मम फेजल र क्ल्ब इगल्सका सुजन परेरालाई पछि पार्दै उपाधि जितका हुन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।