बिहीबार, वैशाख १३, २०८१

राजधानी जहाँ पैसा तिर्दा पनि शौच गर्न पाइँदैन

विश्व स्वस्थ्य संगठनले हरेक एक सय जनाका लागि एउटा सार्वजनिक शौचालय चाहिने मापदण्ड तय गरेको छ। भीडभाड हुने नयाँ सडक, बानेश्वर, कलंकी, असनलगायतका स्थानमा सार्वजनिक शौचालय छैनन्।
 |  आइतबार, साउन ३१, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

आइतबार, साउन ३१, २०७८

काठमाडौं– काभ्रेका कृष्णबहादुर श्रेष्ठले काठमाडौं उपत्यकामा सवारी चलाउन थालेको १८ वर्ष भयो। यसबीचमा काठमाडौंको स्वरुप र जीवनशैलीमा परिवर्तन आएको छ। दैनिक जीवनमा अत्यावश्यक सार्वजनिक शौचालयको अभाव भने उस्तै छ।  

triton college

मूलपानी–रत्नपार्क चल्ने माइक्रोका चालक श्रेष्ठ आफ्नो रुटमा पर्ने बाटोमा एउटा पनि सार्वजनिक शौचालय नभएको बताउँछन्। शौचालय अभावमा उनी कयौंपटक अप्ठेरोमा परेका छन्।

‘कहिलेकाहीं त निकै गाह्रो हुन्छ। नचिनेको मान्छेका घरमा गएर गर्ने कुरा भएन। घारीतिर जाऔं भने सहरमा घरघरै छन्,’ उनले भने। साह्रै अप्ठेरो पर्दाका कतिपटक गल्लीमा छिरेर पिसाब फेरेको उनी बताउँछन्।

‘पेटमा समस्या भएका बेला त मरेको जुनीझैं हुन्छ। मूलपानीदेखि बानेश्वरसम्म आइपुग्दा कतै रोकेर जाऊँ न त भन्ने ठाउँ पनि छैन,’ उनले भने, ‘धेरै पटक आपत् परेको छ।’ नारायगोपाल चोक, जोरपाटी, कोटेश्वर र बानेश्वरलगायतका ठाउँमा शौचालय छैन।

भक्तपुर–रत्नपार्क चल्ने सार्वजनिक बसचालक तुलसी नारायण पिसाब लाग्छ भनेर पानी नै नखाई हिँड्ने गरेको बताउँछन्। ‘पहिला खुलामञ्चको बसपार्कमा शौचालय थियो अहिले त त्यहाँ बस रोक्न पाइँदैन,’ उनी भन्छन्, ‘भक्तपुरबाट शौच गरेर आउने र फेरि शौच गर्न उहीं पुग्नुपर्ने बाध्यता छ।’

corrent noodles
Metro Mart

भक्तपुर–रत्नपार्क चल्ने सार्वजनिक गाडीका सहचालक कुमार तामाङ पनि शौच गर्न नपाउँदा कैयौं पटक छटपटिएको गुनासो गर्छन्। ‘साह्रै गाह्रो छ नि,’ कुमार भन्छन्।

राजधानी काठमाडौं देशकै पहिलो महानगरपालिका हो। २०६८ को जनगणनाअनुसार महानगरभित्र मात्र झन्डै १० लाख जनसंख्या छ। काठमाडौंमा सार्वजनिक शौचालय भने ४० वटा मात्रै छन्।
यी त सवारीसाधनमा हिँड्ने मजदुरको समस्या हो। अझ सार्वजनिक बसबाट पहिलोपटक काठमाडौं प्रवेश गर्नेले भोग्ने समस्या मार्मिक छ। सिन्धुलीको बाटो भएर पहिलोपटक काठमाडौं आएका सिरहाका दीपक शर्मालाई पिसाबले च्यापेको रहेछ। कोटेश्वर, तीनकुने क्षेत्रमा शौचालय नदेखेपछि नजिकैको पसलमा गए उनी। पसलेले शौच गर्न सार्वजनिक शौचालयमा जान भने। शर्माले अनुरोध गरे, ‘बरु पैसा दिन्छु, पसलकै शौचालय प्रयोग गर्न दिनुस् न।’ पसलेले पनि नजिकै शौचालय नरहेको बताएपछि उनी तीनकुनेको खुला ठाउँमा पिसाब गर्न पुगे। तीनकुनेमा भेटिएका शर्मा भन्छन्, ‘यहाँ सार्वजनिक शौचालय देखिएन, पैसा तिर्छु भन्दा पनि शौच गर्न पाइँदोरहेनछ। त्यसैले खुला चौरमा गर्न बाध्य भएँ।’

राजधानी काठमाडौं देशकै पहिलो महानगरपालिका हो। २०६८ को जनगणनाअनुसार महानगरभित्र मात्र झन्डै १० लाख जनसंख्या छ। काठमाडौंमा सार्वजनिक शौचालय भने ४० वटा मात्रै छन्।

विश्व स्वस्थ्य संगठनले हरेक एक सय जनाका लागि एउटा सार्वजनिक शौचालय चाहिने मापदण्ड तय गरेको छ। भीडभाड हुने नयाँ सडक, बानेश्वर, कलंकी, असनलगायतका स्थानमा सार्वजनिक शौचालय  छैनन्।

विज्ञहरूचाहिँ सार्वजनिक शौचालय बनाउन नसकिने हो भने रेस्टुरेन्ट सञ्चालकलाई केही छुट दिएर उनीहरुको शौचालयलाई पनि सार्वजनिक रुपमा प्रयोग गर्न सकिने बताउँछन्। ‘यसले चाप कम गर्छ र व्यवस्थित पनि हुनेछ,’ सहरी विकास मन्त्रालयका पूर्वसचिव एवम् सहरी पूर्वाधार विज्ञ किशोर थापा भन्छन्। 

महानगरका अधिकारी भने भएका शौचालय स्तरोन्नति भइरहेको दाबी गर्छन्। ‘काठमाडौं महानगरका पाँच वटा शौचालयको स्तरोन्नति भइरहेका छन्। हाल ४० वटा सञ्चालनमा छ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भन्छन्। महानगरको वातावरण विभागसँग सार्वजनिक स्थलमा ३७, धार्मिक क्षेत्रमा २२, सरकारी क्षेत्रमा ५, पार्कहरुमा ५, पेट्रोल पम्पमा ५६, अस्पतालमा ९, तथा सपिङ कम्प्लेक्समा १७ गरी १ सय ९१ वटा सार्वजनिक शौचालय रहेको तथ्यांक छ। तर ती शौचालयमा बटुवाको पहुँच छैन।

प्रकाशित: Aug 15, 2021| 14:58 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।