शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निःशुल्क शिक्षाको माग गर्दै नेविसंघले सबै जिल्लामा ज्ञापन पत्र बुझाउने 

निःशुल्क शिक्षाको माग गर्दै नेविसंघले सबै जिल्लामा ज्ञापन पत्र बुझाउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा निःशुल्क शिक्षाका लागि ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाउने भएको छ ।

संविधानले प्रत्याभूत गरेको माध्यामिक तहसम्मको निस्शुल्क शिक्षाको हकलाई कार्यान्वयन गराउनका लागि ७७ वटै जिल्लाका प्रशासन कार्यालयहरुमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउन लागिएको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए। जसका लागि नेविसंघले केन्द्रीय प्रतिनिधिहरु प्रत्येक जिल्लामा खटाइएको उनले बताए।

१२ औँ महाधिवेशनको तयारीमा रहेको नेविसंघले ४३ औँ मेलमिलाप दिवस विविध कार्यक्रम गरी व्यापक रुपमा मनाइने जनाएको छ। विसं २०३३ साल पुस १६ गते विपी कोइराला र गणेशमान सिंहलगायतका कांग्रेस नेताहरु आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश पर्किएको दिनभन्दै कांग्रेस लगायत यसका भातृ संगठनहरुले प्रत्येक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।