शनिबार, वैशाख ८, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठ‍क सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले ५२ पृष्ठ लामो अन्तरिम विधानको मस्यौदा पेश गरेका थिए।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठ‍क सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले ५२ पृष्ठ लामो अन्तरिम विधानको मस्यौदा पेश गरेका थिए। 

triton college

उक्त मस्यौदामाथि छलफलका लागि ८ समूहमा टोली गठन गरिएको थियो। उक्त टोलीले दिएको सुझाव र जिज्ञासामा छलफल गर्न स्थायी कमिटी बैठक बसेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रचण्डले पेस गरेको प्रतिवेदनमा राष्ट्रिय महाधिवेशनसम्मका लागि केन्द्रीय समिति, पोलिट्ब्यूरो र स्थायी समिति रहने उल्लेख छ। जस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय समिति रहने अन्तरिम विधान २०७८ मा उल्लेख गरिएको छ। 

केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीम एकतिहाई सदस्य रहेको पोलिट्ब्यूरो गठन हुने र त्यसको बढीमा एक तिहाई सदस्य रहेको स्थायी समिति रहने जनाइएको छ। दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिव सहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय रहने उल्लेख छ। 

यस्तै माओवादी केन्द्रले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगसमेत राख्ने भएको छ। राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहार समिति, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चको पनि व्यवस्था रहने अन्तरिम विधान २०७८ मा उल्लेख गरिएको छ। 

corrent noodles
Metro Mart

राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि संगठित सदस्य भई कम्तीमा ५ वर्ष काम गरेको हुनुपर्नेछ। गरिबीको रेखामुनी रहेको वर्ग, महिला, दलित, सीमान्तकृत जनजाति, मुस्लिम र अपाङ्गता भएका व्यक्तिको हकमा भने संगठित सदस्य भई ३ वर्ष काम गरेको भए पुग्ने उल्लेख छ। 

केन्द्रीय समितिको पदाधिकारी र स्थायी समिति सदस्य हुन कम्तीमा एक कार्यकाल पोलिटब्यूरो सदस्य र पोलिटब्यूरो सदस्य हुन कम्तीमा एक कार्यकाल केन्द्रीय समितिको सदस्य भएको हुनुपर्ने माओवादी केन्द्रको अन्तरिम विधान २०७८ मा उल्लेख गरिएको छ। अध्यक्ष प्रचण्डले पेस गरेको ५२ पेज लामो अन्तरिम विधान २०७८ केन्द्रीय समिति बैठकले पारित गरेपछि नेकपा माओवादी केन्द्र नयाँ वैधानिक व्यवस्थामा जानेछ।

प्रकाशित: Aug 15, 2021| 14:01 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...