बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सकलाई गाली गर्ने वीपी स्वास्थ्य प्रतिष्ठानका लेखा प्रमुखको सरुवा

चिकित्सकलाई गाली गर्ने वीपी स्वास्थ्य प्रतिष्ठानका लेखा प्रमुखको सरुवा

डिएम अध्ययनरत एक चिकित्सकलाई गाली गलौज एवं धम्की दिएको आरोप लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाही गरिएको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- डिएम अध्ययनरत एक चिकित्सकलाई गाली गलौज एवं धम्की दिएको आरोप लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाही गरिएको छ। उनलाई कारबाही स्वरुप आकर्षक मानिएको आर्थिक प्रशासन महाशाखा प्रमुखबाट सरुवा गरिएको हो।

triton college

वीपी प्रतिष्ठानको कर्मचारी प्रशासन महाशाखाका अनुसार उनको सामान्य प्रशासन शाखामा सरुवा भएको छ। साउन ३ गते आइतबार राति मदिरा सेवन गरी रायमाझीले डाक्टर विप्लव कार्कीलाई गालीगलौज तथा अपशब्द प्रयोग गरेका थिए। त्यसपछि जुनियर रेजिडेन्टहरू आन्दोलित भएका थिए। डा. कार्कीले रायमाझीविरुद्ध प्रहरीमा जाहेरी पनि दर्ता गराएका थिए।

सोही घटनाको विरोधमा जुनियर रेजिडेन्टहरूले कोभिड र आकस्मिक बाहेकका सेवा बहिष्कार गरेपछि चारैजना पदाधिकारीहरूले वार्ता गरेर स्पष्टीकरण लिने, जिम्मेवारीबाट हटाउने, प्रहरीमा दर्ता भएको जाहेरीलाई मेलमिलापबाट मिलाउनेलगायत विभिन्न सहमति गरेका थिए। सोही सहमतिलाई कार्यान्वयन गर्ने क्रममा लेखा प्रमुख रायमाझीलाई सरुवा गरिएको हो। 

रायमाझीले आफूलाई हालको आवास साँघुरो भएको भन्दै छिमेकी रहेका डा. कार्कीलाई एस टाइपमा सारेर उनी बस्दै आएको कोठा पनि प्रयोग गर्ने तयारी गरेका थिए। डा. कार्कीले तत्काल नसर्ने भनेपछि मदिरा पिएर उनलाई रायमाझीले गालीगलौज र धम्की दिएको आरोप लागेको थियो।

प्रकाशित: Jul 28, 2021| 08:20 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।