शनिबार, वैशाख ८, २०८१

देउवा र रामचन्द्र दुवैलाई मान्दिनँ : सिटौला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको नेतृत्व आफूले स्वीकार नगर्ने बताएका छन्। कांग्रेसको महासमिति बैठकलगत्तै सञ्चारकर्मीलाई बोलाएर नेता सिटौले यस्तो बताएका हुन्।

उनले भने, ‘उहाँहरु (देउवा र पौडेल) दुबैमा नेतृत्व गर्ने क्षमता देखिएन । त्यसकारण म उहाँहरुलाई नेता मान्‍न सक्दिन । त्यो क्‍वालिटी उहाँहरुमा छैन ।’

 स्रोतका अनुसार महासमिति बैठकसँगै सभापति देउवा र असन्तुष्ट भनिएका नेता रामचन्द्र पौडेलबीच हिमचिम बढेपछि सिटौलाबाट यस्तो अभिव्यक्ति  बाहिर आएको हो ।  कहिले देउवा पक्ष त कहिले पौडेल पक्षसँग निकट भएर आफ्नो प्रभाव बढाउँदै आएका सिटौला पछिल्लो समय  दुवै गुटसँग चिढिएका छन्। गगन थापालगायतका युवा पुस्तालाई अघि सारेर नेतृत्वमा फड्को मार्ने रणनीतिमा रहेका सिटौलाले आगामी महाधिवेशनलाई समेत लक्षित गरेर सक्रियता बढाएका छन्। 

उनले ६ महिनाभित्र पार्टीको महाधिवेशन बोलाउन माग गरेका छन् । उनले भने, ‘आगामी चैत महिनाभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न म नेतृत्वलाई आग्रह गर्छु ।’ नेता सिटौलाले पार्टीको नयाँ विधान कार्यान्वयन सभापतिको कुशलतामा भरपर्ने बताए ।
 
नेता सिटौलाले कांग्रेसमा हिन्दु राज्यको आवाज उठे पनि त्यो संविधानविपरीत रहेको बताए । उनले भने, ‘ धर्मका विषयमा कांग्रेस संविधानको मर्मभन्दा बाहिर जान सक्दैन र जाँदैन ।

त्यस्तै उनले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसदमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए । ‘प्रचण्डजीले संसदमा दिएको अभिव्यक्ति आपत्तिजनक छ, प्रचण्डबाट यस्तो अभिव्यक्ति आउनु भनेको अधिनायकबादको जन्म हुन लाग्नु हो ।’

 नेकपाका अध्यक्ष प्रचण्डले बुधबार संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दा कम्युनिष्ट लोकतान्त्रिक पद्धतिले  छिटो छरितो काम हुन नसकेको भन्दै कम्युनिस्ट प्रणाली भए ड्याम ड्याम विकास गर्न सकिने बताएका थिए । 

अनुपम फुडल्यान्डमा आयोजित कार्यक्रममा गगन थापा, उमाकान्त चौधरीलगायतक युवा नेताहरु पनि थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।