बिहीबार, वैशाख १३, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज पुस ११ गते बुधबार कहाँ के-के भयो ? अब थाहापाउनुहोस्, नेपाल समय दिनभरी। 

महासमिति जात्रा : दुनियाँ हाँस्यो तर सच्चिएन कांग्रेस

चुनाव हारेको घाउ वर्ष दिनसम्म निको पारेर राजधानी आएका कांग्रेसीको मुहारमा बेग्लै उत्साह भरिएको थियो। उनीहरूमा अपेक्षा थियो, अब पार्टी नयाँ ढंगले अघि बढ्छ, संगठन सुदृढीकरण तथा पुनर्संरचना अभियान सुरु हुन्छ, गुटबन्दी अन्त्य हुन्छ, विगतका भूलको समीक्षा गरेर भविष्यको सुन्दर बाटो कोरिन्छ। यस्ता धेरै सकारात्मक सपना बोकेर आएका थिए महासमिति सदस्यहरू। 

नेपाल दूरसञ्‍चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजिनामा

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन्। झाले बुधबार राजीनामापत्र सूचना तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटालाई बुझाएको स्रोतले जानकारी दिएको छ। 

पुँजी बजारमा उछाल,  सेयर धितोमा ६५ % सम्म ऋण पाइने

नेप्से बजारमा विस्तारै उछाल आएको छ। बुधबार नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ३०.२६ अंक बढेर एक हजार २१६.२७ विन्दुमा पुगेको छ। बुधबार नै नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै शेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

किन हुन्छ विन्टर डिप्रेसन? कसरी बच्‍ने?

मानसिक रोगको सिकार जो पनि हुनसक्छ। यसको मात्रा फरक हुनसक्छ। यो रोगको कुनै निश्चित कारण हुँदैन। वंशाणुगत, वातवरणीय असर, कामको बोझ, सम्बन्धमा आएको अनेकौं समस्याका कारण डिप्रेसन देखापर्छ। 

परराष्ट्रको गम्भीर लापरबाही : समवेदनाको सट्टा 'बधाई' !

नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दा गम्भीर लापरबाही गरेको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै इन्डोनेसियमा ज्वालामुखीपछि आएको सुनामीले भएको धनजनको क्षतिप्रति समवेदना व्यक्त गर्नु पर्नेमा बधाई दिएको छ।

निर्मला हत्या प्रकरण : प्रदीप रावल सामान्य तारेखमा रिहा

निर्मला हत्या प्रकरणमा पक्राउ परेका कञ्चनपुरका प्रदीप रावल सामान्य तारेखमा रिहा भएका छन् । घटनामा दोषी कबुल गराइएका रावललाई बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिहा गरेको हो। 

खुसी साट्न नपाउँदै शोकमा डुब्यो रविको परिवार

रवि वडले नेपाल आइडलको उपाधि जितेको खुसियाली घरपरिवार संग बसेर मनाउन बाकी नै थियो। प्रदेश सरकारको निमन्त्रणामा समान तथा बधाई थाप्न सोमबार धनगढी पुगेका रवि कैलाली र कंचनपुरमा बधाई तथा सम्मान थाप्नमै व्यस्त भएका बेला आमाले छोडेर गएपछि घरपरिवार संगै बसेर खुसियाली साट्न नपाउदै बज्रपात आइलागेको छ। 

हाम्रो कानुनले त आँखा देख्दो रै’छ !

न्या‍यालयमा राखिएको प्रतिमाको बायाँ हातमा भएको तराजु र दायाँ हातमा भएको तरबारको अर्थ के हो ? आजभोलि प्रायःजसो देशवासीलाई यो प्रश्नले काउकुती लगाएको पाइन्छ।  यस प्रश्नले कहिले कही नबुझेरै त कहिले केही बुझेरै पनि अलमलमा पारिरहेको हुन्छ। 

आजबाट हिउँदे अधिवेशन सुरु 

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधि र राष्ट्रीय सभाका सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आब्हान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए। 

शिक्षक आन्दोलनमा जाँदा विद्यालयको पठनपाठन ठप्प

शिक्षक आन्दोलनका कारण प्रदेश-२ स्थित सामुदायिक विद्यालयहरुको पठनपाठन बुधबार ठप्प भएको छ। अस्थायी शिक्षकहरुलाई पुर्नबहालीको माग राख्दै विभिन्न राजनीतिक दल आबद्ध शिक्षकहरुको संघसंगठनले बुधबार र बिहिबार विद्यालय बन्दको घोषणा गरेका छन्।

यौन प्रजननबारे खुलेरै कुरा गर्छन किशोरी

विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु समेत पठनपाठन गर्न लजाउने शिक्षक तथा विद्यार्थी अहिले भने धक नमानेरै खुला बहस गर्ने गर्दछन् ।

अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ। वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले रामवुआ भनेर पुकारिने अनौठो रखमा फलेको फलको वैज्ञानिक परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागमा पठाइएको थियो ।  

सलमान बने इन्‍डियन आइडल

सोनी टीभीबाट प्रसारित भारतीय चर्चित गायन रियालिटी सो इन्डियन आइडल सिजन १० को उपाधि सलमान अलीले जितेका छन्। प्रतियोगिताको फाइनल चरणमा फस्ट रनरअप अंकुश भारद्वाज र सेकेन्ड रनरअप निलान्जना रे घोषित भए। टप ५ मा सलमान, बिभोर प्रसर, निलान्जना, निथिन कुमार र अंकुश भारद्वाज पुगेका थिए। हरियाणाका सलमानले पुरस्कारस्वरूप २५ लाख भारतीय रुपैयाँ जितेको छन्।  

प्रिमियर लिगमा आज शीर्ष स्थानका ९ खेल हुँदै, कसको प्रतिद्वन्द्वी को ?

इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति ९ खेल हुँदैछन्। उक्त खेलमा लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, आर्सनल, म्यानचेस्टर युनाइटेड लगायतका शीर्ष क्लबले प्रतिस्पर्धा गर्दैछन्।

ओडीआईमा सर्वाधिक रन बनाउने नेपालका तीन खेलाडी

नेपालका तीन खेलाडी वान डे अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा परेका छन्। ओडीआईमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडीमा दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र पारस खड्का परेका हुन्।

कश्मिरमा भिडन्‍त : दुई नेपालीको मृत्यु

भारत-पाकिस्तान सीमा क्षेत्र कश्मिरमा भएको भिड्न्तमा दुई नेपालीको मृत्यु भएको छ। भारतीय सेनामा कार्यरत रुपन्देहीको तिलोत्तमा–९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको मृत्यु भएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।