बिहीबार, वैशाख १३, २०८१

शिक्षक आन्दोलनमा जाँदा विद्यालयको पठनपाठन ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- शिक्षक आन्दोलनका कारण प्रदेश-२ स्थित सामुदायिक विद्यालयहरुको पठनपाठन बुधबार ठप्प भएको छ। 

अस्थायी शिक्षकहरुलाई पुर्नबहालीको माग राख्दै विभिन्न राजनीतिक दल आबद्ध शिक्षकहरुको संघसंगठनले बुधबार र बिहिबार विद्यालय बन्दको घोषणा गरेका छन् । शिक्षकहरु कामकाज ठप्प पारी आन्दोलनमा उत्रेपछि प्रदेश २ को करिब दुई हजार सामुदायिक विद्यालयमा अध्ययनरत लाखौं विद्यार्थी पठनपाठनबाट बञ्चित भएका हुन्।

अस्थायी शिक्षकहरुलाई पूर्ववत जागिरको अवसर दिन संयुक्त आन्दोलन समितिको घोषणानुसार बुधबार प्रदेश २ स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प भएको नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवले बताए। वर्षौदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकहरुलाई सरकारले विज्ञापनको बहानामा विस्थापित गर्न खोजेको भन्दै शिक्षकहरुको संयुक्त आन्दोलन समिति प्रदेश २ मा आन्दोलनको घोषणा गरेको छ।

विगतमा भएका सम्झौताहरु लत्याउँदै शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न खोजेको समितिको आरोप छ। अस्थायी शिक्षकहरुको समर्थन गर्दै आन्दोलनमा उत्रेको विभिन्न शिक्षक संगठनहरुको संयुक्त आन्दोलन समितिले अन्तर्राष्ट्रिय श्रमिक कानुन अनुसार ६० वर्ष उमेर शिक्षकहरुले काम गर्न पाउनु पर्ने एक बुँदे माग अगाडी सारेको छ। तत्काल प्रदेश २ बाट सुरु गरिएको आन्दोलन अन्य प्रदेशमा समेत हुने संयुक्त आन्दोलन समितिका अध्यक्ष लालबाबु यादवले जनाएका छन्।

अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्न केहि दिनअघि आयोगले लिएको परीक्षाको परिणामसमेत सार्वजनिक भइसकेको छ। परीक्षा उतीर्ण गरेका अस्थायी शिक्षकहरुलाई यथावत राख्दै अनुतीर्ण भएकाहरुलाई सरकारले गोल्डेन ह्याण्डसेक उपलब्ध गराउने निर्णय गरिसकेको छ। तर विज्ञापन र ह्याण्डसेकको नाममा सरकारले आफूहरुलार्ई विस्थापित गर्ने षडयन्त्र गरेको अस्थायी शिक्षकहरुको आरोप छ । प्रदेश २ मा कार्यरत करिब तीन हजार अस्थायी शिक्षक मध्ये दु सय शिक्षकले आयोगले लिएको परीक्षा बहिष्कार गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।