बिहीबार, वैशाख १३, २०८१

पाँच महिनामै जन्मिएको बच्चा पनि स्वस्थ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अमेरिकाको टेक्सस राज्यस्थित, स्यान एन्टोनियो शहरकी लाइला इस्ट्यान्डस्टडको जन्म सन् २०१४ को जुलाईमा भएको थियो। उनी हाल ४ वर्षकी भइन्। तर, उनको जन्म अरू सामान्य बच्चाहरूको भन्दा भिन्न छ।

उनकी आमाले उनको जन्मको रहस्य हाल सालै खोलेकी छन्। कारण, उनकी आमा कोर्ट्नीले २१ हप्ता चार दिनको गर्भ भएको अवस्थामा जन्म दिएकी थिइन्। 
लाइलाको जन्मलाई प्रिम्याचुअर बर्थ भनिन्छ। सन् २०१५ मा, अमेरिकी  म्यागेजिन ‘जर्नल अफ द अमेरिकन मेडिकलको’ तथ्यांक  अनुसार अमेरिकामा प्रिम्याचुअर बर्थ प्रति १० जन्मेका नाबालक मध्य १ जना हुने गरेको छ।

कसरी भयो लाइलाको जन्म?  



लाइलाकी आमा, कोर्ट्नीको गर्भ २० हप्ताको हुँदा उनलाई व्यथा लागेको थियो। उनी आमा कोर्ट्नी व्यथा लगत्तै अस्तपताल गएकी थिइन्।  तर, उनलाई कुनै अस्पतालले लिन मानेन।
 
२२ हप्ता अघिका डेलभरी र बच्चाको जाँचमा जोखिम हुने कारण देखाउँदै अस्पतालले इच्छा देखाउँदैनन्। मेथोडिस्ट चिल्ड्रेन अस्पतालले उनलाई भर्ना दिए।  भर्ना भएको चार दिनमा उनको डेलिभरी भयो। चारदिनको क्रममा उनी निकै कमजोर भएकी थिइन्।  

ट्वालेट बस्ने क्रममा लाइलाको हात बाहिर आएको आभास उनलाई भए पछि, तुरून्तै एमजेन्सी रूममा लगि १० मिनेट भित्रै डेलिभरी भयो।  लाइला जन्मदा उनको सास बन्द सथया तर, सानो स्वरमा रूवाई भने सुनिने थियो।  

लााइलाको जन्म हुँदा केवल १० इन्चको र  वजन केवल चार सय १० ग्राम थियो  जुन एक पाउन्ड पनि होइन : आधा पाउन्डको सेरोफेरोमा पर्छ।  
औसत, वजन साढे सात पाउन्डदेखि नौ पाउन्डसम्म हुन्छ भने औसत हाइट २० इन्चको हुन्छ।  

उनी हाल सम्मकै सबैभन्दा कम समयमा बाँचेकी हुन्। प्राय : अस्पतालले २२ हप्ता भन्दा अघिका जन्मेका बच्चाहरूलाई ट्रिटमेन्ट नगर्ने गरेको छ।  कारण उनीहरूको बाँच्ने सम्भावना धेरै कम हुन्छ। लाइलाको ट्रिटमेन्टको लागि निकै बिन्ती पछि ट्रिटमेन्टको लागि भेटिन्लेटरमा राखियो।
 
लाइलालाई एक सय २६ दिनसम्म जाँचमै राखिएको थियो। त्यस समयमा उनको वजन साँढे पाँच पाउन्ड भयो। त्यस पछि, लाइलालार्इ उनी आमा कोर्ट्नी र पिता पलले घर लान पाएका थिए।  

तर, यस्ता प्रिम्चुअर बर्थका बच्चाहरूमा स्वासप्रस्वास, खानपिन रअन्य इँफेसनको प्रबल सम्भावना रहनछ।  उनको हुर्कइा सफल र स्वास्थ रूपमै भएको छ। 
 
४ वर्षकी  लाइलाको जन्मको रहस्य आमा कोटर्नीले खोलेकी हुन्। नेपालमा, हालसम्म सात महिनासम्ममा जन्मिएको बच्चाहरूका बारे हामीले सुन्दै आएका छौ।  यी बच्चाहरू भमग्यमानी हुने जनविश्वास भने अझै मान्य रहेको छ। तर, उनीहरूको स्वास्थयको बारे सचेत हुनु पनि निकै जरूरी छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
बालेनका नाममा २८ केजीको खसी बाजी!

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
जसले १० करोड रङलाई चिन्न सक्छिन्

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।