बिहीबार, वैशाख ६, २०८१

शितलहरबाट बचाउन जिल्ला विपद व्यवस्थापन समिति सकृय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज- हिउँदको आगमनसँगै मौसम चिसिंदै गएपछि जिल्लामा शितलहरको प्रभावबाट स्थानीयको बचाउको लागि जिल्ला विपद व्यवस्थापन समिति सकृय भएको छ।

जिल्लाको  चौधवटै स्थानीय सरकारको सहभागितामा सर्वसाधारणलाई न्यानो लुगा, औषधोपचार र दाउरा उपलब्ध गराउन आवश्यक पहलका लागी मंगलबार विपद् व्यवस्थापन समितिको बैठकले सरोकारवालासँग पहल गर्ने निर्णय गरेको छ।

बैठकले शितलहरबाट पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै स्थानिय तहमा विपद व्यवस्थापन कोषको व्यवस्था गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष नारायण भट्टराईले बैठकले शितलहरका कारण हुने जोखिमबाट जोगाउन  विशेषगरी  गरिब र असहायलाई आवश्यक सहयोग उपलब्ध गराउन पूर्व तयारी गर्न स्थानीय सरकारलाई  निर्देशन दिएको जानकारी दिए।

बैठकमा पर्सा जिल्लाका वीरगंज महानगरपालिका, पोखरीया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका लगायत १४ वटै स्थानीय तहका प्रमुख तथा प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो।

नगर तथा ग्रामीण क्षेत्रका विभिन्न सार्वजनिक स्थानमा आगो बाल्ने, आगो बाल्नका लागि आवश्यक पर्ने दाउरा वन कार्यालयले उपलब्ध गराउने, अस्पताल तथा स्वास्थ्य केन्द्रमा आवश्यक औषधीको व्यवस्था गर्ने, जनचेतनाका लागि सञ्चारमाध्यमको सहयोग लिने विषयमा छलफल भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।