यस वर्ष जनवरीमा अमेरिकी शासनको बागडोर सम्हालिसकेपछि अफगानिस्तानमाथि जो बाइडेनले त्यही कदम चाले जो उनका पूर्ववर्ती डोनाल्ड ट्रम्पले चाल्नेवाला थिए। आखिरमा उनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरे।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको समयसीमा ११ सेप्टेम्बरअघिलाई तय गरिएको थियो। २० वर्ष पहिले ११ सेप्टेम्बरमा ९/११ मा भयावह घटना घटेको थियो। जसमा हजारौं निहत्था सर्वसाधारण आतंककारीको शिकार बनेका थिए।
९/११ को हमला पर्ल हार्बरमा भएको हमलापछि अमेरिकाको सबैभन्दा डरलाग्दो घटना मानिन्छ।
सन् १९४५ मा पर्ल हार्बरमा जापानीहरूले हमला गर्दा अमेरिका दोस्रो विश्व युद्धमा होमिन पुगेको थियो।
९/११ ले फेरियो सबै कुरा
९/११ को हमलापछि अमेरिकाले आफ्नो इतिहासको सबैभन्दा लामो सैन्य लडाइँको सामना गर्यो।
११ सेप्टेम्बर २००१ मा न्यूयोर्कको ट्विन टावर र अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनमाथि भएको हमलाबाहेक पेन्सिलभेनियामा खेतमा खसालिएको विमान अमेरिकी राष्ट्रवादलाई बढाउने सुरुआती कारण बनेको थियो।
ट्रम्पले दोस्रोपटक जितेको भए उनी आफ्ना सेनालाई अझै चाँडो फिर्ता गर्थे होला। जोन बाइडेनले पनि सत्ता सम्हासिसकेपछि अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णय गरे।
यसपछि युवा मात्रै होइन सबै उमेर समूहका मानिसले अमेरिकी सेनामा भर्ना हुने लहर चल्यो । उनीहरुको अभिष्ट देशको स्वतन्त्र भूमि रक्षाका लागि अमेरिकामाथि क्षति पुर्याउनेहरूसँग बदला लिनु थियो।
उनीहरुको अभिष्ट अन्धराष्ट्रवाद थिएन । ती कानुनी शासन, स्वतन्त्र र निष्पक्ष चुनाव, कानुनको नियमित प्रक्रिया, लैंगिक समानता, सार्वभौम शिक्षाको पक्षमा थिए ।
अफगान युद्धमा ट्रम्पको रोष
सन् २०१६ मा ट्रम्प अमेरिकी राष्ट्रपति बने। चुनावका दौरान ट्रम्पले भनेका थिए, अफगानिस्तान र इराकमा युद्धको दलदलमा फसेको अमेरिका त्यो अन्त्यहीन युद्धबाट थाकिसकेको छ।
यसले अमेरिका यो युद्धबाट आफू पछाडि हटेर आफ्ना सैनिकलाई फिर्ता बोलाउन चाहिरहेको प्रस्ट हुन्थ्यो। अमेरिकाले युद्धमा फसेका देशमा आफ्नो समस्या आफैं समाधान गरून् भन्ने चाहिरहेको छ।
ट्रम्पले दोस्रोपटक जितेको भए उनी आफ्ना सेनालाई अझै चाँडो फिर्ता गर्थे होला।
जोन बाइडेनले पनि सत्ता सम्हासिसकेपछि अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णय गरे।
बाइडेनको प्रश्न अहिले नगरे कहिले?
अमेरिकामा सेप्टेम्बर ११ को घटना भएको थियो तब म बीसीसीका पेरिस संवाददाता थिएँ। त्यो समयमा म युरोटनल नजिकैको रेडक्रसले हेरिरहेको शरणार्थी शिविर बन्द गर्ने विषयको रिपोर्टिङ गरिरहेको थिएँ। शिविरमा विश्वका थुप्रै द्वन्द्वग्रस्त इलाकाबाट पलायन भएका शरणार्थी ब्रिटेन जानुभन्दा पहिले भेला गराइन्थे।
म फ्रान्समा गइरहेको थिएँ। त्यही बेला मलाई एक साथीको फोन आयो। उनले मलाई टेलिभिजन हेर्न नजिकैको एक स्टेसनमा पर्खन भनिरहेका थिए।
हामीलाई थाहा थिएन अगाडि के हुने हो? हामी कहाँ पुग्नेछौं भन्ने पनि जानकारी थिएन। नयाँ सहस्राब्दीको आशापूर्व पहिलो वर्षको पछि सुखद कथा थिएन।
तपाईं यस आतंकविरुद्ध युद्ध वा सभ्यताकाबीच टकराव जे गर्न चाहनुहुन्छ गर्न सक्नुहुन्छ। हामीले आसपासका सडकमा थुप्रै यस्ता मानिस भेटिरहेका थियौं जो अफगानिस्तानको तालिबान शासनले त्यहाँबाट डरले भागेका थिए।
अमेरिका र ब्रिटेन किन अफगानिस्तानमा होमिए?
तालिबान खासमा पश्चिमका विरुद्ध जिहाद छेड्न इच्छुक इस्लामी आतंकवादीका लागि एक ‘फिनिसिङ स्कुल’ बनेका थिए। अलकायदाले ‘पवित्र युद्ध’ का लागि जिहादीलाई प्रशिक्षित गर्न थुप्रै देशमा संगठन विस्तार गरिरहेको थियो।
सेप्टेम्बर ११ मा आतंककारीले अमेरिकामाथि हमला गरेर आफ्नो शासन देखाइसकेका थिए। यस्तोमा तालिबानलाई पररास्त गरी र अलकायदासँग भिड्नु विश्व सुरक्षाका लागि आवश्यक थियो।
सेप्टेम्बर ११ को घटनाको केही सातापछि म उत्तर अफगानिस्तान पुगेको थिएँ। त्यहाँ जान मैले दिल्लीबाट दुसनाबे हुँदै ताजिकिस्तानको बाटो रोजेको थिएँ। हामी अमेरिका र ब्रिटेनको समर्थन भएका नर्दन एलायन्सका सैनिकसँग अगाडि बढिरहेका थियौं। उनीहरूले तालिबानलाई लखेटिदिएका थिए।
हाम्रो पहिलो दिन नर्दन एलायन्सको त्यो बेलाको मुख्यालय खोजा बहाउदिनसँग यात्रा गर्दै बित्यो। त्यहाँ दुई दिनपहिले तालिबानले घात गरेर थुप्रै पत्रकारलाई मारिदिएका थिए।
एक रातपछि हामी तालेकान नामक ठाउँमा पुग्यौं। हामी त्यहाँ पुग्नुअगावै रात परिसकेको थियो। त्यो बेलाको घटना स्मरण गर्दा एक महिला स्कुलको याद आयो जुन तालिबानको रकेट राख्ने अड्डा बनिसकेको थियो।
हाम्रो अन्तिम गढ कुन्दुज थियो। यो ठाउँ काबुल, मजार–ए–सरिफ र उत्तरमा उज्बेकिस्तानको सीमासम्म जाने महत्त्वपूर्ण बाटो थियो।
तालिबानको दोस्रो पटक नियन्त्रण
अब तालेवान र कुन्दुज दुवै तालिबानको नियन्त्रणमा आइसकेका छन्। देशको एक तिहाइ राज्यका राजनीति पनि अब उनीहरूको नियन्त्रणमा छन्। यो स्थितिले जो बाइडन र उनको ‘अहिले नभए कहिले’ भन्ने नीतिलाई बहुत असहज स्थिति पैदा गरिदिएको छ।
बीस वर्षामा हजारौं मानिस र अर्बौं डलर खर्च भएपछि एउटा प्रश्न स्वभाविक बन्छ कि यो सबै कसका लागि गरिएको थियो? त्यसबाट के हासिल भयो? तालिबानको हातबाट मारिएका सबै सैनिक परिवारसँग अब के भन्ने? के अमेरिका हारिरहेको छ?
जो बाइडेनले आफ्नो फैसलाले आफगान युद्ध समाप्त वा अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य हुने विश्वास लिएका थिए। तर, ९/११ को २० वर्षपछि तालिबानले फेरि आफ्नो नियन्त्रण कायम गरिरहेको छ।
पछिल्लो शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा के बताइएको भने २० विभिन्न आतंकवादी समूहका हजारौं विदेशी लडाकु तालिबानसँग मिलेर लडिरहेका छन्।
म जे लेखिरहेको छु त्यसमा मलाई यकिन छ, अफगान परिवार पनि तालिबानको नियन्त्रणको त्यही अर्थ सोचिरहेका होलान्। त्यही डरले आफ्नो सामान प्याक गरेर सायद फ्रान्स या ब्रिटेन जाने तयारी गरिरहेका छन्। के अब छात्राहरूका पढाइ हुने स्कुल हतियार जम्मा गर्ने स्थान हुनेछन्?
आखिर किन लड्यो अमेरिका?
सेप्टेम्बर ११ को दाग प्रत्येक ठाउँमा देखिन्छ। हजारौं सैनिक आफ्नो कृत्रिम अंगसहित मानसिक सास्ती बोकेर फर्किएका छन्। आत्महत्याको दर बढिरहेको छ। थुप्रै परिवारले आफ्ना सदस्य गुमाइसकेका छन्।
अमेरिकाको सडकमा हातमा बियरको रातो प्लास्टिकको कप लिएर सैनिक बिदाको भीख मागिरहेका छन्। उनीहरू इराक र अफगानिस्तानमा लडिसकेका पुराना सैनिक हुन्।
घरमा रहने र अझै दिक्क पार्ने दुनियाँबाट टाढा रहने उनीहरू इच्छालाई सहजै बुझ्न सकिन्छ।
२००१ मा जर्ज डब्ल्यू बुस यस स्थितिको वकालत गरिरहेका थिएनन्। त्यो बेला अफगानिस्तान या इराकमा कुनै अमेरिकी सैनिक गएका थिएनन्। तर, यो स्थितिले अमेरिकालाई सुरक्षित राख्न सकेन।
एक दिन सफा नीलो आकाशमा यात्रुबाहक विमान अपहरण गरेर त्यसलाई अलकायदा निर्देशित मिसाइल बिना नियन्त्रणमा लिइएको थियो। जसले हजारौं मानिसलाई मारेको थियो। मर्नेहरू सामान्य जीवन बिताउने नागरिक थिए। उनीहरूले कसैलाई कहिले बगिार्ने काम गरेका थिएनन्।
दुनियाको निगरानी गर्नु र शान्तिदूत हुनुमा अन्तर छ। हजारौं अमेरिकी सैनिक अझै दक्षिण कोरियामा तैनाथ छन्। कोरियाको लडाइँमा ७० वर्ष बितिसकेको छ।
अमेरिकाका थुप्रै राष्ट्रपतिको चाहना के छ भने तनावपूर्ण शान्ति, प्रत्यक्ष युद्ध या द्वन्द्वग्रस्त क्षेत्रभन्दा बेस हुन्छ।
जो बाइडेनले आफ्नो फैसलाले आफगान युद्ध समाप्त वा अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य हुने विश्वास लिएका थिए। तर, ९/११ को २० वर्षपछि तालिबानले फेरि आफ्नो नियन्त्रण कायम गरिरहेको छ। भविष्यमा इतिहासकारले यसालाई दोसो अफगान युद्धको सुरुआत मान्नेछन्। -बीबीसीमा प्रकाशित जोन सोपेलको आलेखको अनुवाद