बुधबार, वैशाख ५, २०८१

नेपाल आइडल रवि वडलाई प्रदेश सरकारको सम्मान      

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- नेपाल आइडल सिजन २ का बिजेता रवि वडलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार वडलाई सम्मान गरिएको हो । 

मुख्यमन्त्री त्रिलोचन भट्टले माला तथा खादा लगाएर सम्मान गरे । यस्तै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका मेयर नृप वडलगायतले सम्मान गरे । मुख्यमन्त्रीको निमन्त्रणामा वडलाई सोमबार बिहान धनगढी बोलाईएको थियो । 

नेपाल आइडल बनेपछि पहिलो पटक गृह नगर आएका रविलाई सम्मान गर्न समर्थकहरुको टोली धनगढी बिमानस्थलमै पुगेको थियो । सामान्य गरिव परिवारमा जन्मिएर पनि नेपाली सांगितिक क्षेत्रको चरचित रियालिटी सो नेपाल आइडलको उपाधि जित्न सफल भएका रविलाई थप हौसला गर्न प्रदेश सरकारले सम्मान गरेको मुख्यमन्त्री भट्टले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्