इन्डोनेसिया - इन्डोनेसियामा शनिबार रातिको ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ।
इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी ८५३ जना घाइते भएका र २८ जना वेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन्। आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ। स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो।
नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन्। ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो। 'दृश्यहरु आशु झर्ने खालका थिए,' स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भने।
इन्डोनेसियाको जावा र सुमात्राका गाउँहरुमा सुनामीले बढी क्षति पुर्याएको छ। सबैभन्दा बढी पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङमा मानवीय र भौतिक क्षति पुगेको छ। ज्वालामुखी विष्फोटका कारण सुनामी आएको हुनसक्ने त्यहाँका अधिकारीले अनुमान गरेका छन्।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडाले घटनाबारे दु:ख व्यक्त गर्दै उद्धारमा कुनै कमी हुन नदिन सम्पूर्ण सरकारी अधिकारीहरुलाई निर्देशन समेत दिएका छन्। इन्डोनेसिया विगत लामो समयदेखि ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४