शनिबार, वैशाख ८, २०८१

नेप्सेमा उछालः ८७ करोड कारोबार, ३२ अंले बढ्यो परिसूचक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- लामो समयपछि नेप्से बजारमा उछाल आएको छ। नेप्से परिसूचक ३२.२४ अंकले बढेर एक हजार १९८.१८ पुगेको हो।

‘क’ वर्ग कम्पनी मापन गर्ने सेन्सेटीभ इन्डेक्स समेत ७.३१ प्रतिशत बढेर २५५.३८ बिन्दुमा पुगेको छ।

कूल १६४ कम्पनीको आठ हजार ६७० कारोबारबाट २८ लाख १२ हजार २१२ कित्ता शेयर खरिदबिक्री हुदा ८७ करोड ५५ लाख ७२ हजार ७६३ मूल्य कारोबार भएको छ। 

बजारमा आएका दश समूहमध्ये एकबाहेक सबैको परिसूचक बढेको छ। सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ३१८.०२ अंक बढेको छ।

बैंकिङ समूहको परिसूचक २४.९२, होटल समूहको परिसूचक ६३.९२, विकास बैंकको २८.६४, जलविद्युतको २६.१६, वित्तको ४.९३, अन्यको १७.२९, लघुवित्तको ६३.७५ र जीवन बीमा समूहको परिसूचक २४७.३३ अंकले बढेको छ। 

उत्पादनमुलक समूहको परिसूचक भने ६.०५ अंकले घटेको छ।

यसैबीच आइएमई जनरल इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स, कालिका लघुवित्त वित्तीय संस्था, गुँरास लाइफ इन्सुरेन्स, ओम्नी माइक्रो फाइनान्स, एनएमबी माइक्रो फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रो फाइनान्स र ग्लोबल आइएमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन्।

कैलाश विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर रैराङ हाइड्रोपावर डेभलेपमन्ट कम्पनी, सप्तकोशी विकास बैंक, हिमालयन डिस्टिलरी, बरुण हाइड्रोपावर र कन्काई विकास बैंकका शेयरधनीले गुमाएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्