शनिबार, वैशाख ८, २०८१

पाँच सहमहामन्त्री थप्‍ने सहमतिपछि महासमिति चल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-नेपाली कांग्रेसमा पाँच सहमहामन्त्री थप्ने सहमति भएपछि अवरुद्ध महासमिति बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनौपचारिक छलफलमा पदाधिकारीको संख्या १४ पुर्‍याउने सहमति भएसँगै महासमिति बैठक सुरु भएको हो । 

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमा सहमति नजुटेपछि साढे ११ बजे सुरु भएको केन्द्रीय सदस्य हृदयराम थानीले नेपाल समयलाई जानकारी दिए । 

पार्टी संस्थापन पक्ष सभापतिलाई मनोनितको अधिकार धेरै दिनुपर्ने र पदाधिकारीसमेत मनोनित हुनुपर्ने अडानमा र संस्थापन इत्तर पक्षका केन्द्रीय सदस्यहरु निर्वाचनको पक्षमा उभिँदा प्रतिवेदनमा सहमति हुनसकेको थिएन । 

दुवै पक्षबीच मंगलबार साँझ बसेको अनौपचारिक बैठकमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, र सहमहामन्त्री दुई जना निर्वाचित गर्ने र प्रवक्ता र कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने सहमति भएको थियो । तर, बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति पक्षधर केन्द्रीय सदस्यहरुले पदाधिकारीको चयन गर्दा समावेशी र समानुपातिक प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएपछि सहमति भाँडिएको थियो । 

बिहीबार सहमति जुटाउनका लागि भएका आन्तरिक र गुटगत छलफलसमेतले निकास नदिएपछि शुक्रबार बिहान भएको अनौपचारिक छलफलले समावेशी प्रतिनिधित्व सहमहामन्त्रीमा गराउने सहमति भएको छ । 

जसअनुसार सात जना सहमहामन्त्रीको चयन समावेशी आधारमा महिला, आदिवासी जनजाति, मधेशी, दलित र खुल्ला प्रतिस्पर्धाबाटै गर्ने सहमति भएको छ । 

समावेशी महामन्त्री बनाउँदा थारु र मुस्लिम वर्गबाट प्रतिनिधित्व गराउने वा नगराउने निर्णय अब केहिबेरमा बस्ने केन्द्रीय कार्यसमितिले गर्नेछ । यसअघि नै केन्द्रीय कार्यसमितिको आकार एक ६१ हुने सहमति भइसकेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।