बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : २४ घण्टामै भाँडियो कांग्रेसभित्रको सहमति

आजका अखबार : २४ घण्टामै भाँडियो कांग्रेसभित्रको सहमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले काँंग्रेसमा भएको सहमती २४ घण्टामै भाँडिएको विषयलाई प्राथमिकतामा पारेका छन् भने कसैले मन्त्रीहरुले इन्धन शीर्षकमा दाहोरो रकम लिने गरेको विषयलाई मुख्य समाचार बनाएका छन् ।  

कांग्रेसमा मंगलबार राति भएको सहमती २४ घण्टा नबित्दै भाँडिएको विषयलाई कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापनपाक्षीय नेताहरुले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा एक एक कोटा समावेशी छुट्याउनु पर्ने अडान राखेपछि मंगलबार राति भएको सहमति भाँडिएको हो ।

संस्थापनइतर पक्षका नेताहरु भने सहमति भाड्ने नियतले अनेकन प्रस्ताव ल्याएको भन्दै आक्रोशित बनेको समाचारमा उल्लेख छ । मंगलबार  २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री राख्ने र सबै जना निर्वाचित हुनु पर्ने सहमति भएको थियो । 

आजको नागरिक दैनिकले कांग्रेस शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण जारी महासमिति बैठक अन्योलमा परेको पनि खबर लेखेको छ ।

पूर्वनिर्धारित समयभन्दा एक दिन ढिला शनिबार सुरु बैठक एक दिन लम्बिसकेको छ । सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षको गुटगत स्वार्थका कारण विधानमा सहमति जुट्न नसक्दा महासमिति सदस्य निराश बनेको समाचारमा उल्लेख छ । 

यस्तै नागरिकले नेकपामा एक व्यक्ति एक पद कार्यान्वयन गर्न माग गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ । नेकपा स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलक्रममा सदस्यहरुले सरकार र पार्टीमा ‘एक व्यक्ति एक पद’ नीति कार्यान्वयन तथा सरकार पुनर्गठन गर्न नेतृत्वसँग माग गरेका छन्। 

एउटै व्यक्तिलाई सरकार र पार्टी दुवैमा जिम्मेवारी दिँदा सरकार र पार्टी दुवैतिरको काम प्रभावकारी बन्न नसकेकाले ‘एक व्यक्ति एक पद’ को नीति कार्यान्वयनमा ल्याउनुपर्ने तर्क उनीहरू गरेको समाचारमा उल्लेख छ। सरकारमा बसेर प्रभावकारी काम गर्न नसकेका मन्त्रीलाई पनि हटाएर मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने धारणा पनि केहि नेतारूले राखेको नागरिकले लेखेको छ ।

यस्तै आजको नयाँ पत्रिकाले मन्त्रीहरुले मन्त्रालयको तेल हालेरे इन्धन शीर्षकको पैसा आफ्नो खल्तीमा हाल्ने गरेको खुलासा गरेको छ ।

२४ मध्ये २३ मन्त्रीले दोहोरो सुविधासँगै स्वकीय सचिवलाई पनि गैरकानुनी रुपमा गाडी र इन्धन उपलब्ध गराएको समाचारमा उल्लेख छ । अर्थमन्त्री युवराज खतिवडा बाहेकका मन्त्रीले इन्धनको पैसा आफैले खाने गरेको जनाइएको छ । 

आजको अन्नपूर्ण पोस्ट्ले भने नाम जनता आवास, काम उठिबास शीर्षकमा मुख्य समाचार छापेको छ । गरिबलाई घर दिने उद्देश्यले थालिएको जनता आवास कार्यक्रम अलपत्र पर्दा स्थानीय मर्कामा परेका छन् । नयाँ बनाइ दिने भन्दै भएको पनि सरकारले भत्कायो तर दुइ हिउँद बित्दा पनि अझै घर नबनेको पीडिको गुनसो छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।