शुक्रबार, वैशाख ७, २०८१

मनिषा कोइरालाको जीवनी नेपालीमा आउँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - अभिनेत्री मनीषा कोइरालाको क्यान्सरसँग जुध्नुपर्दाको पीडालाई समेटिएको अंग्रेजी पुस्तक ‘हिल्ड’को नेपाली अनुवाद आउने भएको छ। 

क्यान्सर लागेपछि मृत्युलाई जितेर प्राप्त भएको नयाँ जीवनका अनुभवलाई समेटेर तयार पारिएको पुस्तक ‘हिल्ड’ नेपाली अनुवाद आउने भएको हो।  ‘हिल्ड’ केही समयअघि मात्रै बजारमा आएको थियो।

नेपालीमा अनुवाद गरिएको पुस्तकको प्रकाशन फाइन प्रिन्टले गरेको छ। पोखरामा हुन लागेको ‘नेपाल लिट्रेचर फेस्टिभल’ को उद्घाटन सत्रमा शनिबार ‘हिल्ड’ को नेपाली संस्करण लोकार्पण गरिने कार्यक्रम छ। 

सन २०१७ को डिसेम्बरमा लेख्न सुरु गरिएको पुस्तकमा क्यान्सर पछिको अवस्था, साथीभाइ, इष्टमित्रका साथै आमाको हेरचाहका पल उनले पुस्तकमा उतारेकी छन्। 

मनीषाले भने पुस्तक अनुवादबापत पाएको पारिश्रमिक क्यान्सर केयर नेपाललाई प्रदान गरेकी छन्। राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मनिसाले क्यान्सर केयरका पदाधिकारीलाई उक्त रकम प्रदान गरेकी हुन्। 

उनले समारोहमा क्यान्सरपछि आफ्नो जीवन प्रतिको दृष्टिकोण नै फरक भएको बताएकी थिइन्। मनीषाले ‘हिल्ड’ नीलम कुमारसँगको सहकार्यमा तयार पारेकी हुन्। नीलम पनि कुनै समय क्यान्सरपीडित थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्