शनिबार, वैशाख ८, २०८१

झगडाले अल्झियो विधान, लम्बियो महासमिति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

तस्बिर : नेपाली कांग्रेसको महासमिति बैठक (दिनेशविक्रम शाह)


काठमाडौं- पार्टी विधान संशोधनका विषयमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेसको महासमिति बैठक लम्बिएको छ। राजधानीको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा भइरहेको महासमिति बैठक आगामी ५ गते समापन हुने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए। उनका अनुसार ५ गतेको कार्यक्रमका लागि पार्टी मुख्यालयमै तयारी सुरु गरिएको छ ।

विधान संशोधनको खाका नआई बैठक बस्न नदिने महासमिति सदस्यको अडानपछि मंगलबारको बैठकस्थलमा हात हालाहालको अवस्था उत्पन्न भएको थियो । नेतृत्वले २४ घन्टाभित्र संशोधित विधानको खाका ल्याउने आश्वासन दिएपछि बैठक पुनः सञ्चालन भएको छ । विधान छापिएर आउन समय लाग्ने भएकाले नेतृत्वले २४ घन्टासम्म पर्खन आग्रह गरेका थिए ।

महासमिति बैठक यसअघि ३ गते सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । सोमबार एक दिन थपेर ४ गते समापन गरिने भनिएको थियो ।

विधानमा नमिलेका बिषयहरुः

१. पदाधिकारीको संख्या कति बनाउने भन्ने विषय सबैभन्दा जटिल बन्दै गएको छ। सभापति शेरबहादुर देउवा पक्षधर विधान संशोधन मस्यौदा समितिका सदस्यहरु पदाधिकारीको संख्या बढाउन चाहदैनन्। यता संस्थापन इत्तरका सदस्यहरुले भने पदाधिकारीको संख्या १३ देखि २३ सम्म बनाउने प्रस्ताव गरेका छन्। 

२. पदाधिकारी र केन्द्रीय सदस्यहरुमध्ये कति निर्वाचित र कति मनोनिन गर्ने भन्ने बिषयमा विबाद देखिएको छ। संस्थापन पक्षले पार्टीका हरेक तहमा सभापतिले सम्बन्धित कार्य समितिको जम्मा संख्याको २५ प्रतिशत मनोनित गर्न पाउनुपर्ने पक्षमा छ। तर, संस्थापन इत्तरका नेताहरु भने अधिकतम १५ प्रतिशत सदस्य मात्र मनोनित गर्न पाउनु पर्ने पक्षमा छन्।

यो पनि पढ्‍नुस, महासमिति बैठक : नेताहरु दबाबमा, फुर्सदमा महासमिति सदस्य (भिडियो)

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।