काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ। यसअघि तोकिएको कार्यतालिकाअनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो।
कार्यतालिका पास भएको र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दए। क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ।
यस्तो छ नयाँ कार्यतालिका
१. कृयाशील सदस्यको अन्तिम नामावली बुझाउने : भदाै २
२. निर्वाचन निर्देशिका बुझाउने : भदाै २
३. वडा अधिवेशन : भदाै १८
४. गाउँ/नगरपालिका अधिवेशन : भदौ २७
५. प्रदेश क्षेत्र क/ख अधिवेशन : असोज १
६. संघीय निर्वाचन क्षेत्र अधिवेशन : असाेज ५ [एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पनि असोज ५ गते नै अधिवेशन हुनेछ।)
७. जिल्ला अधिवेशन : असाेज १०
८. प्रदेश अधिवेशन : कात्तिक १०-१२
९. केन्द्रीय अधिवेशन : मंसिर ९-१३